श्रमदानमार्फत पर्यटकीयस्थल जोड्ने सडक मर्मत गरिँदै « Khabarhub

श्रमदानमार्फत पर्यटकीयस्थल जोड्ने सडक मर्मत गरिँदै


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडकअन्तर्गत लुलिया घुम्ती खण्ड मर्मतका लागि आजदेखि समुदायस्तरबाट श्रमदान अभियान सञ्चालन गरिएको छ । पोखरेबगर-घोडेपानी सडकको लुलीया घुम्तीमा दुर्घटना बढ्न थालेपछि स्थानीयले स्वतःस्फूर्त रूपमा श्रमदान गरेर मर्मत थालेका हुन् । 

आज पोखरेबगर, कुरमुनी, हल्लेखर्क, बिरौटा, भुवानीथान र घारगाउँका ७८ जना श्रमदानमा सहभागी भएका पोखरेबगर युवा क्लबका अध्यक्ष रामकृष्ण खड्काले जानकारी दिए ।

अन्नपूर्ण गाउँपालिकाले उपलब्ध गराएको जाली भरेर १३ घनमिटर पर्खाल निर्माण गरिएको छ भने १५ मिटर दूरीमा ढुङ्गा बिछ्याएर सोलिङ बनाइएको छ । थप कामका लागि सोमबार पनि श्रमदान अभियानलाई निरन्तरता दिइने क्लबका अध्यक्ष खड्काले बताए । 

अन्नपूर्ण गाउँपालिका-६ का वडाध्यक्ष रामबहादुर खड्का, स्थानीय युवा राजाराम बरुवाल, बिपिन बरुवाल, रामकृष्ण खड्काको समन्वयमा सडक मर्मतका लागि श्रमदान अभियान सञ्चालन भएको हो ।

सडक मर्मतका लागि मुक्तिनाथ केबुलकार प्रालिबाट रु ५० हजार सहयोग प्राप्त भएको छ भने यातायात व्यावसायीले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 

लुलिया घुम्ती र हल्लेखर्च पहिरो क्षेत्रमा सडकको जीर्ण अवस्थाका कारण स्थानीयवासीका साथै घोडेपानी भ्रमणमा जाने पर्यटकलाई समस्या हुँदै आएको छ । पहिरोका कारण साँघुरिएको, ग्रेड र मोड नमिलेको लुलिया घुम्ती र हल्लेखर्क पहिरोमा सवारीसाधन उक्लन नसक्ने, बीचैमा अड्किने र दुर्घटना हुने समस्या बढेको स्थानीय बताउँछन् । 

सङ्घीय सरकारले बजेट विनियोजन गरेको आयोजना कार्यान्वयनमा भएको ढिलाइका कारण जोखिम बढेपछि समुदायस्तरमा श्रमदान गरेर अस्थायी रूपमा मर्मत थालिएको वडाध्यक्ष खड्काले बताए  । 

‘लुलिया घुम्ती, हल्लेखर्कको सडक सुधारका लागि स्थानीय पूर्वाधार विकास कार्यालय पोखराले आयोजना कार्यान्वयनमा गरेको ढिलाइले दुर्घटनाको जोखिम र सास्ती बढाएको छ’, उनले भने, ‘जनप्रतिनिधिबाट निरन्तर ताकेता भएपनि कार्यालयले बेवास्ता गर्दा दीर्घकालीन समाधानका लागि रु तीन करोड बजेट विनियोजन भएको उक्त आयोजना कार्यान्वयनमा अन्यौलता सिर्जना भएको हो ।’

घोडेपानीको वनपाखा लालीगुराँस फुलेर रङ्गिएको छ । कास्कीको बिरेठाँटीतर्फबाट पनि घोडेपानी सडकले जोडिएको छ । बिरेठाँटी-उल्लेरी हुँदै घोडेपानी जोड्ने सडकअन्तर्गत नयाँ मार्ग खोलेपछि भालेओडार क्षेत्रमा हिलोमा फस्ने समस्या छ । 

लालीगुराँसको जङ्गल, पुनहिलबाट हिमशृङ्खला अवलोकनका लागि सवारीसाधन चढेर घोडेपानी जाने आन्तरिक पर्यटकको घुइँचो बढेको छ । रासस
 

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ६ : १० बजे

अर्थमन्त्रीको सम्पत्ति : चार ठाउँमा घर र अपार्टमेन्ट, बैंकमा झण्डै दुई करोड मौज्दात

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नाममा चारवटा घर तथा अपार्टमेन्ट

प्रधानमन्त्री शाहको खातामा १ करोड ४६ लाख रुपैयाँ, श्रीमतीसँग १९० तोला गहना

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

‘कृषि क्षेत्रमा संरचनागत दोहोरोपना हटाउन आवश्यक छ’

पाटन– कृषि क्षेत्रमा रहेका संरचनागत दोहोरोपना हटाउन प्रदेश–प्रदेशबीचको सहकार्य आवश्यक

लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै जन्तेढुङ्गा

खोटाङ– जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस

शान्ति वार्ता निष्कर्षविहीन भएपछि इरान-अमेरिका युद्धविराम अन्यौलमा

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका र इरानबीच चलेको शान्ति वार्ता