गृहमन्त्री गुरुङको नाममा १९ रोपनी जग्गा, ८९ तोला सुन र ६ किलो चाँदी « Khabarhub

गृहमन्त्री गुरुङको नाममा १९ रोपनी जग्गा, ८९ तोला सुन र ६ किलो चाँदी


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री सुधन गुरुङको नाममा उल्लेख्य मात्रामा जग्गा र सुनचाँदी रहेको पाइएको छ । सरकारले सार्वजनिक गरेको मन्त्रीहरूको सम्पत्ति विवरणअनुसार उनको नाममा धनकुटामा मात्रै १९ रोपनी १५ आना जग्गा छ । यो जग्गा उनले विभिन्न समयको लगानीबाट आर्जन गरेको जानकारी दिएका छन् ।

गृहमन्त्रीको पैतृक सम्पत्तितर्फ पनि ठूलो परिमाणमा जग्गा रहेको पाइएको छ । उनका पिता दिलबहादुर गुरुङको नाममा चितवनको भरतपुर–१८ गुञ्जनगरमा ३० कठ्ठा जग्गा छ ।

त्यस्तै, बाजे रामसल गुरुङ तथा परिवारको नाममा रहेको र अहिलेसम्म अंशबन्डा नभएको गोरखाको चुमनुब्रीस्थित २ सय २१ रोपनी जग्गा रहेको विवरणमा खुलाइएको छ ।

जिन्सी सम्पत्तितर्फ गृहमन्त्री गुरुङसँग ८९ तोला सुन रहेको छ । यसका साथै उनीसँग ६ किलो चाँदी समेत रहेको स्वघोषणा गरिएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ८ : १३ बजे

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको