परराष्ट्रमन्त्री खनालको सम्पत्ति : तीन जिल्लामा जग्गा, बैंकदेखि हाइड्रोसम्म लगानी « Khabarhub

परराष्ट्रमन्त्री खनालको सम्पत्ति : तीन जिल्लामा जग्गा, बैंकदेखि हाइड्रोसम्म लगानी


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालसँग २२ तोला सुन र २५ तोला चाँदी रहेको खुलेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार खनालसँग घरजग्गा, सेयर लगानी, नगद तथा सवारी साधनसहित विविध सम्पत्ति रहेको देखिएको हो ।

नगद तथा जिन्सी सम्पत्तितर्फ खनालसँग २२ तोला सुन र २५ तोला चाँदी रहेको छ भने १० लाख रुपैयाँ नगद मौज्दात रहेको उल्लेख छ।

विवरण अनुसार काठमाडौँ महानगरपालिका–१० टोखामा ६ आना क्षेत्रफलमा बनेको एक घर मन्त्री खनालको नाममा रहेको छ। तनहुँको भानुमा १५ रोपनी पुर्ख्यौली जग्गा, नवलपरासी पूर्वको देवचुलीमा १२ रोपनी जग्गा तथा बाँकेको नेपालगन्जमा २ कठ्ठा जग्गा रहेको विवरणमा उल्लेख गरिएको छ ।

उनले पिक एण्ड ड्रप नेपालमा ३३ प्रतिशत, रिग्पा इन्टरनेशनलमा शतप्रतिशत र ताजा एग्रो फार्ममा १६ प्रतिशत शेयर स्वामित्व राखेका छन् । यसका साथै बीपीडब्ल्यू लघुवित्त, ओम मेघश्री फर्मास्युटिकल्स, ग्लोबल आइएमई बैंक लगायत विभिन्न जलविद्युत तथा सार्वजनिक कम्पनीहरूमा समेत उनको लगानी रहेको उल्लेख गरिएको छ ।

सवारी साधनतर्फ, मन्त्री खनालले करिब ४० लाख रुपैयाँमा खरिद गरिएको गाडी प्रयोग गरिरहेको विवरणमा उल्लेख छ। साथै ७५ लाख रुपैयाँ ऋण रहेको पनि सार्वजनिक विवरणमा देखिएको छ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ८ : ५८ बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र