आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन « Khabarhub

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध जनशक्ति र कार्यभारको आधारमा स्वास्थ्य सेवा प्रवाहको व्यवस्था मिलाउन सबै अस्पतालहरूलाई निर्देशन दिएको छ ।

कतिपय अस्पताल तथा स्वास्थ्य संस्थाहरूले जनशक्ति अभावका कारण आइतबार ओपीडी सञ्चालन गर्न नसक्ने बताएपछि मन्त्रालयको यस्तो निर्देशन आएको हो । बिदाको कार्यान्वयन स्वास्थ्य संस्थामा पनि हुनुपर्ने माग चिकित्सकका संघसंस्थाले राखेका छन् ।

सरकार स्वास्थ्यकर्मीको विश्राम अधिकारबारे सचेत रहेकाले नयाँ कार्यविधिमार्फत त्यसको सुनिश्चितता हुने मन्त्रालयको भनाइ छ ।

मन्त्रालयले स्वास्थ्य सेवा प्रवाहलाई थप व्यवस्थित, सन्तुलित र दिगो बनाउन आवश्यक कार्यविधि यथाशीघ्र कार्यान्वयनमा ल्याउने बताएको छ । मन्त्रालयले आइतबार ओपीडी सेवा सञ्चालन गर्ने अस्पतालहरूलाई धन्यवाद व्यक्त गरेको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार हप्ताको दुई दिन सार्वजनिक बिदा लागू भए पनि बिरामीको हितलाई ध्यानमा राख्दै सञ्चालन गर्ने अस्पताललाई धन्यवाद व्यक्त गरेको हो ।

स्वास्थ्य सेवा जस्तो अत्यावश्यक सेवालाई निरन्तरता दिनु सबैको प्रमुख दायित्व रहेको मन्त्रालयको भनाइ छ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले व्यक्त गरेका चासो र समस्याहरूप्रति मन्त्रालय पूर्ण रूपमा जानकार रहेको भन्दै ती विषयहरूलाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको मन्त्रालयले बताएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  १० : ३४ बजे

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र

इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन राइनोजबाट एनपीएल खेल्दै

चितवन– ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तर्राष्ट्रिय शतकसमेत बनाएका इङ्गल्याण्डका

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा