बेलायती प्रधानमन्त्री स्टाररमाथि राजीनामाको दबाब « Khabarhub

बेलायती प्रधानमन्त्री स्टाररमाथि राजीनामाको दबाब


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

लन्डन – बेलायती प्रधानमन्त्री किर स्टार्मरमाथि राजीनामा दिन दबाब बढेको छ । भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा लेबर पार्टीले बेहोरेको लज्जास्पद हारपछि प्रधानमन्त्री स्टार्मरको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आफ्नै मन्त्रिपरिषद्का सदस्यले समेत उनको बहिर्गमनको समय तालिका माग गरेका हुन् ।

प्रधानमन्त्रीको राजीनामा माग्नेमा गृहसचिव शबाना महमुद समेत रहेकी छिन् । मन्त्रिपरिषद्‍मा प्रधानमन्त्रीको निरन्तरतालाई लिएर स्पष्ट दुई धार देखिएको छ । गृहसचिव महमुद अल्पमतमा रहे पनि उनले स्टार्मरलाई राजीनामाको निश्चित समय सार्वजनिक गर्न दबाब दिएकी छिन् । यसअघि लेबर पार्टीका ६ जना सांसदलाई प्रधानमन्त्रीको राजीनामा मागेकै कारण पदबाट हटाइएको थियो ।

पार्टीभित्रैबाट चर्को आलोचना भए पनि प्रधानमन्त्री स्टार्मरले भने आफूले ‘शंका गर्नेहरूलाई’ गलत प्रमाणित गरिदिने दाबी गरेका छन् । उनले आफ्नो सरकारबाट केही गल्ती भएको स्वीकार गर्दै ठूला राजनीतिक निर्णय भने सही भएको जिकिर गरेका छन् ।

यस्तै, लेबर पार्टीकी अर्की सांसद क्याथरिन वेस्टले तत्काल नेतृत्वलाई चुनौती नदिने बताए पनि प्रधानमन्त्रीले आगामी सेप्टेम्बरसम्ममा पद छाड्नुपर्ने अडान राखेकी छिन् ।

इङ्ल्यान्ड, स्कटल्यान्ड र वेल्समा भएको चुनावमा लेबर पार्टीको प्रदर्शन निकै निराशाजनक रहेपछि स्टार्मरको नेतृत्वमाथि संकट चुलिएको हो ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ६ : २८ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा