प्रधानमन्त्रीले संसद् ‘बङ्क’ गरेको भोलिपल्ट राष्ट्रपतिले बोलाए सभामुखलाई « Khabarhub

प्रधानमन्त्रीले संसद् ‘बङ्क’ गरेको भोलिपल्ट राष्ट्रपतिले बोलाए सभामुखलाई


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम पढिरहेका बेला प्रधानमन्त्री वालेन्द्र शाहले संसद् छाडेर हिँडेपछि राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख डोलप्रसाद अर्याललाई शीतल निवासमा बोलाएका छन्।

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच शीतल निवासमा मंगलबार मध्याह्न भेटवार्ता भएको हो ।

राष्ट्रपति भवन शीतल निवासमा मंगलबार भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको पौडेलको सचिवालयले जनाएको छ ।

यता सभामुखको सचिवालयले भने अहिलेसम्म केही खुलाएको छैन । सोमबार राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम पढ्दा पढ्दै प्रम शाह संसद्‍बाट निस्केर हिँडेपछि चर्को विरोध भइरहेको छ।

अर्कातिर सभामुख अर्यालयमाथि पनि संसद्का सदस्यहरूलाई संसदीय मर्यादमा राख्न नसकेको आरोप लागिरहेको छ। नेपालको संसदीय इतिहासमै दुर्लभ तर अनपेक्षित गतिविधि प्रधानमन्त्रीले गरेपछि राष्ट्रपति संस्थाको मर्यादामै प्रश्न उठेको छ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले अस्वस्थ भएका कारण संसद् छाड्नुपरेको जवाफ सामाजिक सञ्जालमा सोमबार नै दिएका थिए । तर उनले सामाजिक सञ्जालको उक्त पोस्ट तत्कालै हटाएका थिए ।

सोमबार नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेपछि प्रधानमन्त्री शाह राष्ट्रपतिको बिदाइमासमेत देखिएनन्। राष्ट्रपतिलाई सभामुख अर्याल एक्लैले बिदा गरेका थिए ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  १२ : ४३ बजे

इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते

कुवेत सिटी – इरानले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको आक्रमणमा एक

गर्मी छल्न बर्दिबासका विद्यालय बन्द

महोत्तरी – पछिल्ला पाँच दिनयता अचाक्ली बढेको गर्मी छल्न महोत्तरीको

पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो

काभ्रेपलाञ्चोक – वर्षौंदेखि दुई जिल्ला काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थलमा अवस्थित

फिर्के खोला वरपरका १६० संरचना हटायो

कास्की – पोखरा महानगरपालिकाले बजारको मध्य भाग भएर बग्ने फिर्के

वर्षा घटेसँगै देशभर तापक्रम ह्वात्तै बढ्यो, भैरहवामा ४१ डिग्री

काठमाडौ – नेपालमा वर्षा घटेसँगै तापक्रममा ह्वात्तै वृद्धि भएको छ