प्रधानमन्त्री बालेनले संसदीय मर्यादा बिर्सेको भन्दै कांग्रेसले माग्यो जवाफ « Khabarhub

प्रधानमन्त्री बालेनले संसदीय मर्यादा बिर्सेको भन्दै कांग्रेसले माग्यो जवाफ


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरेकै समयमा बैठक छाडेर हिँडेको विषयमा प्रधानमन्त्रीको जवाफ माग गरेको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा कांग्रेसले राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत प्रधानमन्त्री बाहिरिनु सामान्य दृश्य मात्रै नभएको भन्दै प्रधानमन्त्रीको जवाफ माग गरेको हो ।

मंगलबार संसद बैठक सुरू हुनेबितिकै कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका थिए ।

त्यसपछि सभामुख डोलप्रसाद अर्यालले कांग्रेस प्रमुख सचेतक बासना थापालाई बोल्न समय दिए ।

कांग्रेस प्रमुख सचेतक थापाले लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा सायद विरलै देखिने दृश्य सोमबारको बैठकमा देखिएको बताइन्।

राष्ट्रपतिबाट सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत भइरहदा प्रधानमन्त्री सदनबाट बाहिरिनु केवल एउटा सामान्य दृश्य नभई संवैधानिक संस्कार, संसदीय परम्परा, राज्यको उत्तरदायित्वविपरीत भएको उनले बताइन् ।

पदभन्दा ठूलो मर्यादा र मर्यादाभन्दा ठूलो जनविश्वास भएको भन्दै उनले यस बिषयमा प्रधानमन्त्रीको स्पष्ट जवाफ माग गरिन्।

उनले संवैधानिक पदको सम्मान गर्न र संसदीय परम्परालाई कमजोर नबनाउन ध्यानाकर्षण समेत गराइन् ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  १ : ३४ बजे

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि

सूर्यवंशीको कीर्तिमानी अर्धशतकमा भारतको शानदार पुनरागमन, हारको श्रृंखला अन्त्य

काठमाडाैं – भारतले युवा ओपनर वैभव सूर्यवंशीको कीर्तिमानी अर्धशतकको मद्दतमा

कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा

चितवन – चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले विदेशी विद्यार्थी

तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ

काठमाडौं – गत वैशाखदेखि असार मसान्तसम्म देशभरबाट विभिन्न मुद्दाका सात

निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौं : मन्त्री पोखरेल

काठमाडौं – सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले