संसदीय समितिमा पत्रकारलाई रोक्न खोजिएकोमा वर्षमानको आपत्ति « Khabarhub

संसदीय समितिमा पत्रकारलाई रोक्न खोजिएकोमा वर्षमानको आपत्ति


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका सांसद् वर्षमान पुन अनन्तले ‘मिनी पार्लियामेन्ट’का रुपमा रहेका संसदीय समितिमा सञ्चार माध्यमलाई निषेध गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् ।

सरकारले संसदीय समितिमा पत्रकारलाई प्रवेश गर्न नदिने प्रवृत्ति देखिएको भन्दै तत्काल सच्याउन उनले माग गरेका हुन् ।

बुधबार संसद्को सार्वजनिक लेखा समिति बैठकमा बोल्दै पुनले पत्रकारलाई निषेध गरेर कुनै छलफल हुन नहुने बताए ।

लोकतन्त्रमा सुशासन, जवाफदेहीता र पारदर्शीता सँगसँगै अगाडि जानुपर्ने उनको भनाइ थियो ।

‘लेखा समितिसहित संसदका अरु समितिमा मिडिया राखेर छलफल हुनुपर्छ’, पुनले भने, ‘संसदीय समितिहरु सञ्चार माध्यमका लागि बन्द गरेर पारदर्शीता र लोकतन्त्रको कुरा गर्न मिल्दैन ।’

जनताले तिरेको करबाट राज्यले गर्ने खर्चको पारदर्शिता सुनिश्चित गर्ने भएकाले लेखा समितिको काम अरुभन्दा फरक प्रकृतिको रहेको उनले औंल्याए ।

‘जनताको करबाट राज्यले गर्ने खर्चको परादर्शीता सुनिश्चित गर्ने समिति भएको हुनाले देश र जनतालाई केन्द्रमा राखेर समितिलाई प्रभावकारी बनाउनुपर्छ’, उनले भने।

फरक प्रसंगमा उनले समितिले नयाँ र पुरानाका आधारमा नभई सही र गलतका आधारमा छलफल गर्ने पनि स्पष्ट गरे ।

पुराना सबै बेठीक र नयाँ सबै ठीक भन्ने आधारमा जान नहुने बताए । ‘राज्य सञ्चालनमा नयाँ र पुराना भन्ने हुँदैन । सही र गलत भन्ने हुन्छ’, पुनले भने, ‘सही र गलतका आधारमा मापदण्ड बन्नुपर्छ । पुराना त्यसै बेठीक र नयाँ सबै ठीक भन्ने हुँदैन ।’

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  १ : ४३ बजे

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका

बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि

काठमाडौं– काठमाडौँको बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रविधिमा आधारित

रास्वपा सभापति रवि लामिछानेले आज संसद्‌मा सम्बोधन गर्ने

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन्- नेपालको विपदमा कसरी रमाउनु ?

चितवन– पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध