सरकार सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण : भीष्मराज आङ्देम्बे « Khabarhub

सरकार सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण : भीष्मराज आङ्देम्बे


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सोमबार बसेको प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था देशका लागि दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन्।

 ‘सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने दुर्भाग्य हाम्रा लागि सुखद लागिरहेको छैन । कांग्रेस लोकतन्त्रलाई विश्वास गर्ने पार्टी हो। लोकतन्त्र बन्द कोठाको शासन होइन। सुकुम्बासी समस्याको शीघ्र समाधान होस्। मानवीय संवेदनाको आत्मसम्मान कुल्चिएको छ’ ,उनले भने ।

आङ्देम्बेले संसदमा बोल्दै लोकतन्त्र बन्द कोठाको शासन नभएको उल्लेख गर्दै सरकार जनउत्तरदायी हुनुपर्नेमा जोड दिए। उनले सरकारले लोकप्रियतावादी घोषणापत्र मात्रै प्रस्तुत गरेको आरोपसमेत लगाए।

उनका अनुसार सरकार आफ्ना जिम्मेवारीप्रति गम्भीर नभएको र जनतासँग प्रत्यक्ष संवादमा रहनुपर्ने अवस्थामा सामाजिक सञ्जालमार्फत खोज्नुपर्ने स्थिति आउनु सुखद नभएको बताए।

त्यस्तै उनले सुकुम्बासी समस्या तत्काल समाधान गर्नुपर्ने र मानवीय संवेदनालाई बेवास्ता गरिएको विषयमा पनि सरकारको ध्यानाकर्षण गराए।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  २ : २० बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा