प्रचण्डले भने, ‘सवाल पुराना र नयाँको होइन, सही र गलतको हो’ « Khabarhub

प्रचण्डले भने, ‘सवाल पुराना र नयाँको होइन, सही र गलतको हो’


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘पुराना नेता’ र ‘पुराना पार्टी’ सबै उस्तै हुन् भन्ने भाष्य गलत रहेको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सम्बोधन गर्दै प्रचण्डले आफूलाई समेत जोडेर बनाइएको ‘सबै उस्तै’ भन्ने निष्कर्ष सत्य नभएको जिकिर गरे ।

‘पुराना नेता र पुराना पार्टीका नाममा एउटा गलत भाष्य बनाइएको छ । सबै उस्तै हुन् भन्ने भनाइमा प्रचण्डलाई पनि घिसार्ने प्रयास गरिन्छ । तर, त्यो सत्य होइन’, उनलेे भने ।

प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको सहकार्य स्मरण गर्दै अघिल्लो संसदमा प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा दुवै भूमिकामा रहँदा रास्वपासँग बलियो सहकार्य गरेको बताए

‘रास्वपाका हकमा त त्यो झन् लागू हुँदैन,’ उनले भने, ‘अघिल्लो संसदमा मैले प्रधानमन्त्रीका रूपमा पनि र प्रमुख विपक्षी दलको नेताका रूपमा पनि रास्वपासँग दह्रो सहकार्य गरेको थिएँ ।’

उनले आफ्नो नेतृत्वको सरकारले सुशासन, सेवा प्रवाह सरलीकरण, मेरिटोक्रेसी, ललिता निवासको जग्गा हिनामिनासम्बन्धी प्रकरण, भुटानी शरणार्थी प्रकरणको अनुसन्धान तथा ठूला माफियाविरुद्ध कारबाही अघि बढाएको दाबी गरे ।

‘दुईतिहाइको कुशासनविरुद्ध हामीले प्रतिरोध गरेका थियौं,’ प्रचण्डले भने, ‘प्रतिपक्षमा हाम्रो संख्या सानो थियो, तर त्यही सानो संख्याले विशाल सत्तापक्षका बेथिति र विकृतिविरुद्ध संघर्ष गर्‍यो ।’

प्रचण्डले ‘पुराना र नयाँ’ को बहस दार्शनिक, राजनीतिक र समाजशास्त्रीय दृष्टिले समेत गलत रहेको तर्क गरे । उनले राजनीतिक बहसको केन्द्र व्यक्ति वा पुस्ता नभई सही र गलत हुनुपर्ने बताएका छन् ।

‘सवाल पुराना र नयाँको होइन,’ उनले भने, ‘सवाल सही र गलतको हो । पुराना र नयाँ भन्ने भाष्यले परिवार, समाज र राजनीतिमा विभाजन पैदा गर्छ । सही र गलतको बहसले मात्रै रूपान्तरणसहित नयाँ एकताको आधार निर्माण गर्न सक्छ ।’

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  २ : ५० बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर