प्रचण्डको टिप्पणी : नीति तथा कार्यक्रम कर्मकाण्डी र यथास्थितिवादी « Khabarhub

प्रचण्डको टिप्पणी : नीति तथा कार्यक्रम कर्मकाण्डी र यथास्थितिवादी


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम कर्मकाण्डी र यथास्थितिवादी भएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभामा बोल्दै उनले सरकारले आफ्नो रोडम्याप सार्वजनिक गरे पनि नीति तथा कार्यक्रममा सत्तारुढ दलको घोषणापत्र, रोडम्याप र राष्ट्रिय संकल्पपत्रको मर्म समेट्न नसकेको दाबी गरे ।

प्रचण्डले भने, ‘सरकार गठन भएपछि सरकारले आफ्नो रोडम्याप सार्वजनिक गरेको थियो । तर नीति तथा कार्यक्रमले सत्तारुढ दलको घोषणापत्र, रोडम्याप र राष्ट्रिय संकल्पपत्रको स्पिरिट समात्न सकेको देखिँदैन।’ उनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने हतार र परिपाटीप्रति असन्तुष्टि व्यक्त गर्दै भने, ‘जुन हतारोमा नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको छ र जुन परिपाटी अवलम्बन गरेका छौं , त्यसबाट नीति तथा कार्यक्रममाथिको छलफल सधैँ एउटा कर्मकाण्ड मात्रै बन्न पुगेको छ।’

उनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रक्रिया हतार र औपचारिकतामा सीमित भएको भन्दै आलोचना गरे। उनका अनुसार यस्तो अभ्यासले नीति तथा कार्यक्रममाथिको छलफल प्रभावकारी बन्न नसकी केवल कर्मकाण्डमा सीमित भएको छ।

मधेश समुदायका विषयमा बोल्दै उनले सरकार मधेशी जनताको आकांक्षाप्रति मौन रहेको टिप्पणी गरे। नीति तथा कार्यक्रममा मधेशका मुद्दा स्पष्ट रूपमा नसमेटिएको उनको भनाइ थियो।

त्यस्तै, उनले दलित समुदायसँग सम्बन्धित सवाल पनि उपेक्षित भएको बताए। सत्तारुढ दलका सभापति रवि लािमछानेले दलित समुदायसँग राज्यका तर्फबाट क्षमा मागे पनि नीति तथा कार्यक्रममा त्यसको कुनै प्रतिविम्ब नदेखिएको उनको टिप्पणी थियो।

उनले दलित विकास प्राधिकरणको आवश्यकता, रैथाने सीपको प्रवर्द्धन र विशेष अधिकारसम्बन्धी नीतिहरूलाई पनि सरकारले उपेक्षा गरेको आरोप लगाए।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ३ : ०८ बजे

इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते

कुवेत सिटी – इरानले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको आक्रमणमा एक

गर्मी छल्न बर्दिबासका विद्यालय बन्द

महोत्तरी – पछिल्ला पाँच दिनयता अचाक्ली बढेको गर्मी छल्न महोत्तरीको

पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो

काभ्रेपलाञ्चोक – वर्षौंदेखि दुई जिल्ला काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थलमा अवस्थित

फिर्के खोला वरपरका १६० संरचना हटायो

कास्की – पोखरा महानगरपालिकाले बजारको मध्य भाग भएर बग्ने फिर्के

वर्षा घटेसँगै देशभर तापक्रम ह्वात्तै बढ्यो, भैरहवामा ४१ डिग्री

काठमाडौ – नेपालमा वर्षा घटेसँगै तापक्रममा ह्वात्तै वृद्धि भएको छ