बेलौरीमा ‘समुदाय विपद् स्वयंसेवक तालिम’ सुरू « Khabarhub

बेलौरीमा ‘समुदाय विपद् स्वयंसेवक तालिम’ सुरू


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- सशस्त्र प्रहरी बल, नेपाल नं. ३५ गण मुख्यालय शैलेश्वरी कञ्चनपुरले बेलौरी नगरपालिकासँगको सहकार्यमा ‘समुदाय विपद् स्वयंसेवक तालिम’ सुरु गरेको छ ।

कार्यक्रममा बोल्दै वक्ताहरूले विपद् व्यवस्थापनमा दक्ष जनशक्ति उत्पादन आवश्यक रहेको बताएका थिए ।

सशस्त्र प्रहरी बलले बाढी, पहिरो, डुबान, भूकम्प, आगलागीलगायत प्राकृतिक तथा मानवसिर्जित विपद्मा अग्रपंक्तिमा रहेर उद्धार तथा राहत कार्य गर्दै आएको उल्लेख गरिएको थियो ।

मंगलबार सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा कार्यालय बेलौरीमा भएको उद्घाटन कार्यक्रममा बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरी सभापतिका रूपमा उपस्थित थिए ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह विष्ट प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा नगरपालिकाका उपप्रमुख जोगराम चौधरी, प्रमुख प्रशासकीय अधिकृत खेमराज जोशी तथा सशस्त्र प्रहरी उपरीक्षक प्रेम प्रसाद सिग्देललगायत उपस्थित थिए ।

स्थानीय तह र समुदायसँगको सहकार्यमा सञ्चालन गरिएको उक्त तालिम २१ कार्यदिनसम्म चल्ने जनाइएको छ । तालिममा बेलौरी नगरपालिकाका विभिन्न वडाका २१ पुरुष र ९ महिला गरी ३० जना युवाको सहभागिता छ ।

तालिममा प्रमुख प्रशिक्षकका रुपमा सशस्त्र प्रहरी नायव उपरीक्षक योग्य बस्नेतले सहजीकरण गरिरहेका छन् ।

तालिमलाई प्रभावकारी बनाउन विपद् व्यवस्थापनमा विशेष दक्षता हासिल गरेका ७ जना सशस्त्र प्रहरी कर्मचारीलाई प्रशिक्षकका रूपमा परिचालन गरिएको छ।

तालिमअन्तर्गत नेपालको विपद् व्यवस्थापन प्रणाली, प्राथमिक उपचार, बाढी तथा डुबान उद्धार, अग्नि नियन्त्रण, वन डढेलो व्यवस्थापन, डोरीमार्फत उद्धार अभ्यास, भूकम्प तथा सडक दुर्घटना जोखिम न्यूनीकरणलगायत विषयमा सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण दिइनेछ ।

सशस्त्र प्रहरी बलले तालिमबाट स्थानीय स्तरमै दक्ष स्वयंसेवक उत्पादन भई विपद् व्यवस्थापन तथा उद्धार कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ६ : १२ बजे

कांग्रेसका लागि पुरानो, एमालेका नजरमा खारेजयोग्य र नेकपालाई ठिकै, राप्रपाले भन्यो, पुरानै ‘कपी पेस्ट’

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको

वर्षाले प्रभावित खेलमा स्कटल्यान्डसँग नेपाल दुई रनले पराजित

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल स्कटल्यान्डसँग दुई रनले

पश्चिम एसिया शान्तिका लागि चिनियाँ राष्ट्रपतिको चार बुँदे प्रस्तावमा इरानको समर्थन

बेइजिङ- इरानले मध्यपूर्व र खाडी क्षेत्रमा शान्ति तथा स्थायित्व कायम

घूस लिएको अभियोगमा प्रहरी निरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल नेपाल सुरक्षा