विश्वकपमा मेक्सिकोको विजयी सुरुआत : पहिलो खेलमै तीन रातो कार्ड « Khabarhub

विश्वकपमा मेक्सिकोको विजयी सुरुआत : पहिलो खेलमै तीन रातो कार्ड

९ खेलाडीमा सीमित दक्षिण अफ्रिका २–० ले पराजित


२९ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


960
Shares
  • change font
  • change font
  • change font

मेक्सिको सिटी – विश्वकप फुटबलको उद्घाटन खेलमा सह-आयोजक मेक्सिकोले विजयी सुरुआत गरेको छ । ऐतिहासिक एस्टेका रङ्गशालामा बिहीबार राति भएको खेलमा मेक्सिकोले ९ खेलाडीमा समेटिएको दक्षिण अफ्रिकालाई २-० गोल अन्तरले पराजित गर्दै सुखद सुरुआत गरेको हो ।

समूह ‘ए’ मा रहेको मेक्सिकोको जितमा जुलियन क्विनोनेस र अनुभवी स्ट्राइकर राउल जिमेनेजले १–१ गोल गरे । ८० हजार ८ सय २४ दर्शकले भरिएको रङ्गशालामा दक्षिण अफ्रिकाले घरेलु टोलीको दबाब झेल्न सकेन र खेलको दुवै हाफमा आफ्ना महत्त्वपूर्ण खेलाडी गुमाउन पुग्यो ।

खेल सुरु हुनुअघि रङ्गशालामा गरिएको आतिशबाजीको धुवाँ हट्न नपाउँदै मेक्सिकोले खेलको नवौँ मिनेटमा अग्रता लिएको थियो ।

दक्षिण अफ्रिकाका डिफेन्डर स्पेफेलो सिथोलेले आफ्नै हाफमा बल नियन्त्रणमा राख्न नसक्दा क्विनोनेसले उत्कृष्ट गोल गर्दै घरेलु दर्शकलाई उत्साहित बनाएका थिए । उनले दक्षिण अफ्रिकाका गोलकिपर तथा कप्तान रोनवेन विलियम्सको खुट्टाको मुनिबाट बललाई जाली चुमाएका थिए । तीनवटा फरक विश्वकपका खेलहरू आयोजना गर्ने एक मात्र रङ्गशालाको कीर्तिमान बनाएको एस्टेकामा मेक्सिकोको गोलसँगै घरेलु समर्थकले भव्य उत्सव मनाएका थिए ।

पहिलो गोलमा गल्ती गरेका दक्षिण अफ्रिकाका सिथोलेका लागि खेलको ४९ औँ मिनेट झनै बिर्सनलायक बन्यो । मेक्सिकोका ब्रायन गुटिएरेज गोल गर्ने दिशामा अघि बढिरहेका बेला लडाएपछि सिथोलेले सिधै रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।

१० खेलाडीमा समेटिएको दक्षिण अफ्रिकाविरुद्ध मेक्सिकोले खेलको ६७ औँ मिनेटमा दोस्रो गोल गर्‍यो । एक उत्कृष्ट काउन्टर अट्याकमा रोबर्टो अल्भाराडोको क्रसलाई उल्भरह्याम्पटन वन्डरर्सका फरवार्ड जिमेनेजले पोस्टको नजिकैबाट प्रहार गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

खेलको ८४ औँ मिनेटमा भिडियो भीएआरको सहायताले दक्षिण अफ्रिकाका थेम्बा ज्वानले अल्भाराडोको अनुहारमा हातले प्रहार गरेको देखिएपछि उनलाई पनि रातो कार्ड दिइएको थियो । जसका कारण दक्षिण अफ्रिका ९ खेलाडीमा सीमित हुन पुग्यो ।

खेलको अन्तिम समयमा मेक्सिकोका डिफेन्डर सेसर मोन्टेसले पनि खुलिसो मुदाउमाथि खराब ट्याकल गरेपछि रातो कार्ड पाएका थिए । खेलमा कुल तीनवटा रातो कार्ड प्रयोग भएको थियो । यो जितसँगै मेक्सिकोले समूह ‘ए’ मा महत्त्वपूर्ण ३ अङ्क जोडेको छ ।

प्रकाशित मिति : २९ जेठ २०८३, शुक्रबार  ५ : ३७ बजे

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा

काठमाडौँमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी प्रहरी परिचालन

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले बडादशैँ, तिहार र छठ

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ ।

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय