अफगानिस्तानसँग भारत चार रनले पराजित « Khabarhub

अफगानिस्तानसँग भारत चार रनले पराजित

प्रभसिमरन, गायकवाड र तिलकको अर्धशतक खेर


२९ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

डम्बुला – त्रिदेशीय शृङ्खलाअन्तर्गत वर्षाले प्रभावित खेलमा भारत ‘ए’ अफगानिस्तान ‘ए’ सँग डकवर्थ लुइस (डीएलएस) पद्दतिका आधारमा ४ रनले पराजित भएको छ । श्रीलंकाको डम्बुलामा भएको खेलमा प्रभसिमरन सिंह, ऋतुराज गायकवाड र कप्तान तिलक वर्माले अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

टस हारेर पहिले ब्याटिङ गरेको भारत ‘ए’ ले निर्धारित ४९ ओभरमा ९ विकेट गुमाउँदै ३ सय ४९ रनको विशाल योगफल तयार पारेको थियो । तर, वर्षाका कारण खेल रोकिएपछि अफगानिस्तान ‘ए’ ले ३८ ओभरमा २ सय ९४ रनको नयाँ लक्ष्य पाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको अफगानिस्तानले २२ ओभरमा २ विकेट गुमाएर १ सय ७७ रन बनाउँदा खेल वर्षाका कारण पुनः रोकियो । त्यसपछि खेलको निर्णय डीएलएस पद्दतिबाट लिँदा अफगानिस्तान ४ रनले अघि रहँदै विजयी घोषित भयो ।

भारतका लागि १५ वर्षीय युवा ओपनर वैभव सूर्यवंशीले विस्फोटक सुरुआत गर्दै २२ बलमा ९ चौकासहित ४४ रन जोडे । अर्का ओपनर प्रभसिमरन सिंहले उत्कृष्ट ब्याटिङ गर्दै ८४ रनको योगदान दिए । उनले ३९ बलमै आफ्नो अर्धशतक पूरा गरेका थिए ।

त्यस्तै, अघिल्लो खेलका शतकधारी ऋतुराज गायकवाडले ६६ रन बनाए भने कप्तान तिलक वर्माले पनि ६६ रनकै इनिङ्स खेले । यी दुईबिच चौथो विकेटका लागि ७८ रनको साझेदारी भएको थियो । अन्त्यमा सुर्यांश शेडगे र अनुकुल रोयले आक्रामक ब्याटिङ गर्दै भारतलाई विशाल योगफलसम्म पुर्‍याएका थिए । अफगानिस्तानका लागि अब्दुल अहम्दजाईले ३ विकेट लिए ।

जवाफी लक्ष्य पछ्याएको अफगानिस्तान ‘ए’ का ओपनर हसन इसाखिल र इमरान मिरले आक्रामक सुरुआत गरे । इसाखिल ३४ रन बनाएर अर्शद खानको बलमा आउट भए । त्यसपछि क्रिजमा आएका खालिद तानिवाल सस्तैमा समेटिए पनि इमरान मिर र बहिर शाहले नटआउट इनिङ्स खेल्दै टोलीलाई खेलमा अगाडि राखिरहे । इमरानले ७० बलमा अविजित ७५ रन बनाए भने बहिर शाह ५१ रनमा नटआउट रहे ।

प्रकाशित मिति : २९ जेठ २०८३, शुक्रबार  ६ : ३३ बजे

रसुवा बाढी : १२ सय ९४ जनाको निधन भएको पुष्टि

काठमाडौं– रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ जनाको निधन

भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी

काठमाडौं- भोटेकोशी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको

एनभीएलमा सगरमाथा स्म्यासर्सको विजयी सुरुवात

काठमाडौं– पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभीएल) मा सगरमाथा स्म्यासर्सले

१४ सहसचिव र ९ उपसचिवको सरुवा

काठमाडौं- सरकारले १४ जना सहसचिव र ९ जना उपसचिव गरी