भारतीय जहाजमाथि अमेरिकी आक्रमण, तीन नाविकको मृत्यु भएपछि इरानको कडा प्रतिक्रिया « Khabarhub

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, तीन नाविकको मृत्यु भएपछि इरानको कडा प्रतिक्रिया


२९ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

तेहरान– खाडी क्षेत्रमा भारतीय चालक दल रहेका व्यावसायिक जहाजहरूमाथि भएको आक्रमणमा तीन भारतीय नागरिकको मृत्यु भएपछि इरानले अमेरिकाको कडा आलोचना गरेको छ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै भारतीय व्यावसायिक जहाजहरूमाथिको आक्रमणलाई अमेरिकाको ‘हतियारबन्द लुट र समुद्री डकैती’ नीतिको स्पष्ट उदाहरण भएको बताएका छन्।

उनले आक्रमणमा ज्यान गुमाएका भारतीय नाविकका परिवारजन तथा आफन्तप्रति समवेदना व्यक्त गर्दै भारत सरकार र भारतीय जनताप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

बकाईले अन्तर्राष्ट्रिय समुदायलाई अमेरिकाको कथित गैरकानुनी गतिविधिप्रति जवाफदेही बनाउन आग्रह गरेका छन्। उनका अनुसार अमेरिकी कदमले विश्व शान्ति, सुरक्षा तथा समुद्री आवागमनको स्वतन्त्रतामाथि खतरा उत्पन्न गरेको छ।

अमेरिका–इरान तनावका बीच पछिल्ला चार दिनमा भारतीय चालक दल रहेका तीन जहाजमाथि आक्रमण भएको जानकारी सार्वजनिक भएको छ।

जुन ८ मा एमटी मारिभेक्स जहाजमाथि आक्रमण हुँदा त्यसमा २४ भारतीय नाविक सवार थिए। उनीहरूलाई पछि सुरक्षित रूपमा उद्धार गरिएको ओमानस्थित भारतीय दूतावासले जनाएको थियो।

त्यसैगरी जुन १० मा एमटी सेटेबेलो जहाजमाथि भएको आक्रमणमा २४ भारतीय चालक दलका सदस्यमध्ये तीन जनाको मृत्यु भएको थियो। बाँकी २१ जनालाई सुरक्षित रूपमा उद्धार गरिएको बताइएको छ।

जुन ११ मा एमटी जलवीर जहाजमाथि पनि आक्रमण भएको सूचना सार्वजनिक भएको छ। उक्त जहाजमा २० भारतीय चालक दलका सदस्य सवार रहेकामा हालसम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।

यस घटनापछि खाडी क्षेत्रमा समुद्री सुरक्षालाई लिएर चिन्ता बढेको छ।

प्रकाशित मिति : २९ जेठ २०८३, शुक्रबार  ९ : १० बजे

ड्रोन उडान प्रकरणमा अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय

सियोल- उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा प्योङयाङमाथि

विश्वकप: चेक गणतन्त्रलाई हराउँदै दक्षिण कोरियाको विजयी सुरुवात

मेक्सिको – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को रोमान्चक

हुम्ला अस्पतालमा किशोरकिशोरी-मैत्री सेवा सञ्चालन

सिमकोट– यहाँको जिल्ला अस्पतालमा किशोरकिशोरी–मैत्री सेवा सञ्चालन भएको छ। बहिरङ्ग

धरानको पिण्डेश्वर बाबाधाममा तीर्थालु र पर्यटकको आकर्षण बढ्दो

धरान– धरान उपमहानगरपालिका–१४ विजयपुरमा अवस्थित ऐतिहासिक तथा पौराणिक महत्वको अमृतपिण्ड

सरकारको प्रतिरक्षामा सभामुख उत्रिनु उचित होइन : शंकर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधिभा बैठकमा सरकारमाथि