हर्कले रक्षामन्त्री खोज्दै संसद‍्बाट उठाए प्रश्न, ‘सेनाले सिमानामा जानै नहुने के कसम खाएको रहेछ ?’ « Khabarhub

हर्कले रक्षामन्त्री खोज्दै संसद‍्बाट उठाए प्रश्न, ‘सेनाले सिमानामा जानै नहुने के कसम खाएको रहेछ ?’


२९ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र शाह र नेपाली सेनाको भूमिकाबारे गम्भीर प्रश्न उठाएका छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले नवलपरासीको सुस्तामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) शुक्रबार बिहान हतियारसहित प्रवेश गरेको घटनालाई लिएर सरकारको मौनताको आलोचना गरेका छन्।

बैठकको आकस्मिक समयमा बोल्दै सांसद राईले भने, ‘नेपालले भारतको भूमि मिचेको छ भनेर गएको ११ औँ दिन बितिसक्दा पनि प्रधानमन्त्री वालेन्द्र शाह संसद्मा आउने छाँटकाँट देखिँदैन।’

उनले प्रधानमन्त्री संसद्मा उपस्थित हुन नसके रक्षामन्त्रीलाई बोलाउनुपर्ने माग गरे। ‘यदि प्रधानमन्त्री आउन सक्नुहुन्न भने नेपाल सरकारको रक्षामन्त्री को हो? सभामुख डीपी अर्यालले उहाँलाई यहाँ बोलाइदिनुपर्छ,’ राईले भने।

सुस्ता घटनाको उल्लेख

राईले शुस्तामा भारतीय एसएसबीको टोलीले नेपाली नागरिकहरूलाई हप्कीदप्की दिइरहेको दृश्य देखिएको बताए।

‘सुस्तामा भारतीय एसएसबी आएर नेपाली दाजुभाइहरूलाई हप्कीदप्की गरिरहेको छ। त्यहाँ नेपाली निहत्था दाजुभाइहरू आफ्नो भूमि जोगाउन भर्खरै पनि लडिरहेका छन्,’ उनले भने।

सेनाको भूमिकामा प्रश्न

उनले नेपाली सेनालाई सीमामा पठाउन नहुने कारण के हो भनी प्रश्न गरे। ‘नेपाली सेनाले सिमाना रक्षाका लागि जानै नहुने के कसम खाएर बसेको छ? नेपाल सरकारले सेनालाई सीमानामा पठाउनै नहुने के करार गराएको छ? कहाँ के सन्धि भएको छ?’ राईको प्रश्न थियो।

छानबिन माग

राईले गृहमन्त्री सुधन गुरुङले दरबार हत्याकाण्डको छानबिन हुने बताएको सन्दर्भमा सबै विषयको छानबिन हुनुपर्ने बताए। ‘जोसुकै दोषी पाइए पनि अनुहार नहेरी, नाम नसुनी हदसम्मको कारबाही हुनुपर्छ,’ उनले जोड दिए।

हर्कले यसअघि पनि सीमा सुरक्षा, प्रधानमन्त्रीको संसदीय जवाफदेहिता र सेनाको भूमिकाबारे संसद्मा पटक पटक प्रश्न गरिसकेका छन् ।

प्रकाशित मिति : २९ जेठ २०८३, शुक्रबार  ११ : ४२ बजे

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’

काठमाडौं – त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूमध्ये दुई जनालाई

त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये