पोखराको रास्वपा अधिवेशनस्थल घेरे जेन-जीका आफन्तले (तस्बिरहरू) « Khabarhub

पोखराको रास्वपा अधिवेशनस्थल घेरे जेन-जीका आफन्तले (तस्बिरहरू)


२९ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गण्डकी प्रदेश अधिवेशन पोखरा सभागृहमा जारी रहँदा सभागृहको मुख्य प्रवेशद्वार बाहिर ‘जेन-जी आन्दोलन मुद्दा सम्बोधन दबाब समूह’ ले धर्ना दिएको छ ।

आन्दोलनका क्रममा पक्राउ परेका युवाहरूमाथि लगाइएका मुद्दा फिर्ता गर्न तथा उनीहरूलाई न्याय दिनुपर्ने माग राख्दै समूहले प्लेकार्डसहित प्रदर्शन गरेको हो।

धर्नामा सहभागीहरूले आन्दोलनका क्रममा पक्राउ परेका युवाहरूमाथि लगाइएका मुद्दा राजनीतिक पूर्वाग्रहका आधारमा भएको दाबी गर्दै सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

प्रदर्शनकारीहरूले अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण आन्दोलनको अधिकार तथा नागरिक अधिकारको सम्मान हुनुपर्ने भन्दै आन्दोलनमा संलग्न युवाहरूको मुद्दा तत्काल सम्बोधन गर्न माग गरेका छन्।

उनीहरूले विभिन्न नारासहितका प्लेकार्ड प्रदर्शन गर्दै न्याय र मुद्दा फिर्ताको पक्षमा आवाज उठाएका थिए।

रास्वपाको प्रदेश अधिवेशन चलिरहेका बेला भएको उक्त धर्ना शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो।

प्रदर्शनका क्रममा सुरक्षा व्यवस्था कडा पारिएको थियो भने धर्ना कार्यक्रमले अधिवेशनको गतिविधिमा कुनै अवरोध पुर्‍याएको थिएन।

दबाब समूहले सम्बन्धित पक्षबाट आफ्ना मागहरूको सुनुवाइ नभए थप दबाबमूलक कार्यक्रम घोषणा गर्न सकिने चेतावनी समेत दिएको छ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २९ जेठ २०८३, शुक्रबार  १ : ४७ बजे

सरकारले एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड

ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ

काठमाडौं – नेपाल प्रहरीले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अश्लिल

गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

गोरखा – पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति

फेरिए भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग र आन्तरिक राजस्व विभागका

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी