दिगो शान्ति सम्झौताका लागि प्रयास बढाउन अमेरिका र इरानलाई राष्ट्रसङ्घको आह्वान « Khabarhub

दिगो शान्ति सम्झौताका लागि प्रयास बढाउन अमेरिका र इरानलाई राष्ट्रसङ्घको आह्वान


२९ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इरानलाई दिगो शान्ति सम्झौताका लागि आफ्ना प्रयासहरूलाई उच्च र दोब्बर बनाउन आह्वान गर्दै द्वन्द्वको पूर्ण पुनरुत्थान गर्ने कुनै पनि क्रियाकलापबाट बच्नु पर्ने कुरामा जोड दिएका छन् ।

इरानमाथि अमेरिकाले गरेको आक्रमण र खाडी लगायतकाका छिमेकी देशहरूमा इरानले गरेको प्रतिआक्रमण र शत्रुतापूर्ण क्रियाकलापबाट उल्लेखनीय वृद्धि सहित मध्यपूर्वमा जारी तनावबाट महासचिव गुटेरेस चिन्तित भएको संयुक्त राष्ट्रका प्रवक्ता स्टेफन डुजारिकले बताएका छन् ।

अन्तर्राष्ट्रिय कानुन अनुसार समुद्री अधिकार र स्वतन्त्रताको अभ्यासलाई सम्मान गर्नुपर्ने कुरामा जोड दिँदै उनले सबै पक्षलाई अन्तर्राष्ट्रिय कानुन अन्तर्गत आफ्नो दायित्व कायम राखी नागरिकहरूको सुरक्षाका लागि आवाश्यक सावधानी अपनाउन आह्वान गरेका छन् ।

शान्ति प्रक्रियामा अगाडि बढ्ने एक मात्र प्रक्रिया वास्तविक संवाद र वार्ताको माध्यमबाट भएको बताउदै डुजारिकले वाशिङ्गटन र तेहरानलाई क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति सुरक्षालाई अगाडि बढाउन स्थायी शान्ति सम्झौतामा पुग्न दुवै पक्षले आफ्ना प्रयासलाई दोब्बर बनाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २९ जेठ २०८३, शुक्रबार  ३ : ३२ बजे

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट– परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका नागरिकलाई

मातृमृत्यु घटाउन अफ्रिकामा पुरुष ‘मिडवाइफ’को भूमिका बढ्दै

मोहालेस होक- अफ्रिकामा सुत्केरीसम्बन्धी जटिलताबाट हुने मातृमृत्यु घटाउने प्रयाससँगै पुरुष

ओलीको आरोप, ‘विपत्तिमा सबै मिलेर काम गर्नुपर्नेमा सरकार साधनस्रोत कब्जा गरेर बस्यो’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवाको

आजै ४ बजे रास्वपा केन्द्रीय समितिको बैठक बस्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ

चीनको सिजाङमा पहिरो : नेपालीसहित २६१ विदेशीको अवस्था अज्ञात

ग्यिरोङ– दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत चीन–नेपाल सीमाको ग्यिरोङ नाकामा