आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार अमेरिकी डलर, युरो र पाउन्ड स्टर्लिङसहित धेरैजसो विदेशी मुद्राको भाउ ऐतिहासिक रूपमा उच्च विन्दुमा पुगेको छ ।

केन्द्रीय बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिद दर १५२ रुपैयाँ २३ पैसा र बिक्री दर १५२ रुपैयाँ ८३ पैसा कायम भएको छ । त्यस्तै, युरोपियन युरो १ को खरिद दर १७३ रुपैयाँ ९६ पैसा र बिक्री दर १७४ रुपैयाँ ६५ पैसा तोकिएको छ । बेलायती पाउन्ड स्टर्लिङ १ को खरिज दर २०४ रुपैयाँ १५ पैसा र बिक्री दर २०४ रुपैयाँ ९५ पैसा पुगेको छ ।

खाडी मुलुकतर्फ कतारी रियाल १ को बिक्री दर ४१ रुपैयाँ ९४ पैसा र साउदी रियालको बिक्री दर ४० रुपैयाँ ७१ पैसा कायम हुँदा मलेसियन रिङ्गित १ को बिक्री दर ३७ रुपैयाँ ५५ पैसा रहेको छ । भारतीय रुपैयाँ १०० को विनिमय दर भने विगतझैँ स्थिर रहँदै खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । वाणिज्य बैंकहरूले तोक्ने खुला बजार विनिमय दर भने राष्ट्र बैंकको यो दरभन्दा केही फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ६ : १२ बजे

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम