आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार अमेरिकी डलर, युरो र पाउन्ड स्टर्लिङसहित धेरैजसो विदेशी मुद्राको भाउ ऐतिहासिक रूपमा उच्च विन्दुमा पुगेको छ ।

केन्द्रीय बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिद दर १५२ रुपैयाँ २३ पैसा र बिक्री दर १५२ रुपैयाँ ८३ पैसा कायम भएको छ । त्यस्तै, युरोपियन युरो १ को खरिद दर १७३ रुपैयाँ ९६ पैसा र बिक्री दर १७४ रुपैयाँ ६५ पैसा तोकिएको छ । बेलायती पाउन्ड स्टर्लिङ १ को खरिज दर २०४ रुपैयाँ १५ पैसा र बिक्री दर २०४ रुपैयाँ ९५ पैसा पुगेको छ ।

खाडी मुलुकतर्फ कतारी रियाल १ को बिक्री दर ४१ रुपैयाँ ९४ पैसा र साउदी रियालको बिक्री दर ४० रुपैयाँ ७१ पैसा कायम हुँदा मलेसियन रिङ्गित १ को बिक्री दर ३७ रुपैयाँ ५५ पैसा रहेको छ । भारतीय रुपैयाँ १०० को विनिमय दर भने विगतझैँ स्थिर रहँदै खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । वाणिज्य बैंकहरूले तोक्ने खुला बजार विनिमय दर भने राष्ट्र बैंकको यो दरभन्दा केही फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ६ : १२ बजे

होर्मुज जलडमरूमध्य पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण

तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने 

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं– मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वा खनेगु’

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी