स्विट्जरल्यान्डविरुद्ध मेसीको जादू चल्ने आस « Khabarhub

स्विट्जरल्यान्डविरुद्ध मेसीको जादू चल्ने आस


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनल खेलमा आज साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डको सामना गर्दैछ ।

अमेरिकी सहर कान्सास सिटीस्थित कान्सास सिटी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६:४५ बजे सुरु हुने तालिका छ ।

यस खेलमा सबैको नजर अर्जेन्टिनाका ३९ वर्षीय कप्तान तथा भेट्रान स्टार लियोनेल मेसीमाथि रहनेछ ।

मेसीका लागि यो छैटौँ र सम्भवतः अन्तिम विश्वकप हो । जारी प्रतियोगितामा उनले उत्कृष्ट लय प्रदर्शन गर्दै ५ खेलमा ८ गोल गरिसकेका छन् र उनी गोल्डेन बुटको दौडमा फ्रान्सका किलियन एम्बाप्पेसँगै शीर्ष स्थानमा छन् ।

अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनाका लागि २०३ खेल खेल्दै २२४ गोल गरिसकेका मेसीले सन् २०२२ मा विश्वकप उपाधि जिते पनि अहिलेसम्म विश्वकपको गोल्डेन बुट भने जित्न सकेका छैनन् ।

कतार विश्वकप २०२२ मा ७ गोल गरे पनि उनी एम्बाप्पेभन्दा पछि परेका थिए । करियरको अन्तिम विश्वकप खेलिरहेका मेसी आफ्नो टोलीलाई लगातार दोस्रो पटक सेमिफाइनलमा पुर्‍याउँदै आफ्नो ट्रोफी क्याबिनेटमा बाँकी रहेको एकमात्र उपाधि (गोल्डेन बुट) चुम्ने दाउमा छन् ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ६ : २३ बजे

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल – सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु

अन्तर्राष्ट्रिय सहकार्य औपचारिक संरचनाभन्दा परिणाममुखी हुनुपर्छ : भारतीय विदेशमन्त्री जयशंकर 

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकरले अन्तर्राष्ट्रिय सहकार्यलाई सबै अवस्थामा औपचारिक

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ– लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई