नर्वे पराजित भएपछि रेफ्रीमाथि हालान्डका बुबाको आक्रोश « Khabarhub

नर्वे पराजित भएपछि रेफ्रीमाथि हालान्डका बुबाको आक्रोश


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नर्वेली स्ट्राइकर एर्लिङ हालान्डका बुबा अल्फ–इन्गे हालान्डले इङ्गल्यान्डविरुद्धको खेलमा टोली पराजित भएपछि रेफ्रीको निर्णयमाथि कडा असन्तुष्टि जनाएका छन् ।

विश्वकप छनोट अन्तर्गतको खेलमा नर्वे इङ्गल्यान्डसँग पराजित भएपछि उनले सामाजिक सञ्जालमार्फत रेफ्रीको आलोचना गरेका हुन् । खेलका क्रममा रेफ्रीले इङ्गल्यान्डका जुड बेलिङघम संलग्न एक विवादास्पद निर्णय गरेपछि खेल नर्वेको हातबाट फुत्किएको उनको दाबी छ ।

पूर्व फुटबलर समेत रहेका अल्फ–इन्गेले सामाजिक सञ्जाल ‘एक्स’मा व्यङ्ग्यात्मक शैलीमा लेखेका छन्, ‘बेलिङ्घम र रेफ्रीलाई स्याबास।’ उनले रेफ्रीको उक्त निर्णयले खेलको निर्णयक मोड परिवर्तन गरिदिएको र नर्वे अन्यायमा परेको उल्लेख गरेका छन् ।

खेलमा इङ्गल्यान्डले नर्वेलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ । हालान्डले खेलभरि इङ्गल्यान्डको डिफेन्सलाई व्यस्त राखे पनि टोलीलाई जित दिलाउन सकेनन् । खेल सकिएलगत्तै सामाजिक सञ्जालमा रेफ्रीको भूमिका र भिडियो असिस्टेन्ट रेफ्रीको निर्णयमाथि फुटबल प्रेमीहरूले समेत बहस सुरु गरेका छन् ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ७ : ३७ बजे

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल – सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु

अन्तर्राष्ट्रिय सहकार्य औपचारिक संरचनाभन्दा परिणाममुखी हुनुपर्छ : भारतीय विदेशमन्त्री जयशंकर 

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकरले अन्तर्राष्ट्रिय सहकार्यलाई सबै अवस्थामा औपचारिक

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ– लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई