नर्वे पराजित भएपछि रेफ्रीमाथि हालान्डका बुबाको आक्रोश « Khabarhub

नर्वे पराजित भएपछि रेफ्रीमाथि हालान्डका बुबाको आक्रोश


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नर्वेली स्ट्राइकर एर्लिङ हालान्डका बुबा अल्फ–इन्गे हालान्डले इङ्गल्यान्डविरुद्धको खेलमा टोली पराजित भएपछि रेफ्रीको निर्णयमाथि कडा असन्तुष्टि जनाएका छन् ।

विश्वकप छनोट अन्तर्गतको खेलमा नर्वे इङ्गल्यान्डसँग पराजित भएपछि उनले सामाजिक सञ्जालमार्फत रेफ्रीको आलोचना गरेका हुन् । खेलका क्रममा रेफ्रीले इङ्गल्यान्डका जुड बेलिङघम संलग्न एक विवादास्पद निर्णय गरेपछि खेल नर्वेको हातबाट फुत्किएको उनको दाबी छ ।

पूर्व फुटबलर समेत रहेका अल्फ–इन्गेले सामाजिक सञ्जाल ‘एक्स’मा व्यङ्ग्यात्मक शैलीमा लेखेका छन्, ‘बेलिङ्घम र रेफ्रीलाई स्याबास।’ उनले रेफ्रीको उक्त निर्णयले खेलको निर्णयक मोड परिवर्तन गरिदिएको र नर्वे अन्यायमा परेको उल्लेख गरेका छन् ।

खेलमा इङ्गल्यान्डले नर्वेलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ । हालान्डले खेलभरि इङ्गल्यान्डको डिफेन्सलाई व्यस्त राखे पनि टोलीलाई जित दिलाउन सकेनन् । खेल सकिएलगत्तै सामाजिक सञ्जालमा रेफ्रीको भूमिका र भिडियो असिस्टेन्ट रेफ्रीको निर्णयमाथि फुटबल प्रेमीहरूले समेत बहस सुरु गरेका छन् ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ७ : ३७ बजे

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा

कांग्रेस महाधिवेशन प्रतिनिधिमा राष्ट्रपति पौडेलकी छोरी संज्ञा पराजित

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पौडेल नेपाली कांग्रेसको महाधिवेशन