अर्जेन्टिना र स्विट्जरल्यान्डको खेल अतिरिक्त समयमा धकेलियो « Khabarhub

अर्जेन्टिना र स्विट्जरल्यान्डको खेल अतिरिक्त समयमा धकेलियो


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकपको रोमाञ्चक क्वार्टरफाइनलमा निर्धारित समयमा १–१ को बराबरी भएपछि अर्जेन्टिना र स्विट्जरल्यान्डको खेल अतिरिक्त समयमा धकेलिएको छ । खेलको १० औँ मिनेटमै अर्जेन्टिनाका कप्तान लियोनेल मेसीको पासमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० को अग्रता बनाएको अर्जेन्टिना दोस्रो हाफमा बराबरीमा रोकिएको हो ।

खेलको ६७ औँ मिनेटमा स्विट्जरल्यान्डका डान न्डोएले रिकार्डो रोड्रिगेजको पासमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका हुन् । गोल फर्काएर खेलमा फर्किएको स्विट्जरल्यान्ड ७२ औँ मिनेटमा भने दबाबमा आयो । टोलीका मुख्य फरवार्ड ब्रिल एम्बोलोले दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै मैदान छाडेपछि स्विट्जरल्यान्ड खेलको अन्तिम समयमा १० खेलाडीमा समेटिएको छ ।

१० खेलाडीमा समेटिएको स्विट्जरल्यान्डले अतिरिक्त समयमा अर्जेन्टिनाको सामना गर्ने छ । सेमिफाइनल प्रवेशका लागि दुवै टोलीमाथि जित्नै पर्ने दबाब छ ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ८ : ५२ बजे

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल – सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु

अन्तर्राष्ट्रिय सहकार्य औपचारिक संरचनाभन्दा परिणाममुखी हुनुपर्छ : भारतीय विदेशमन्त्री जयशंकर 

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकरले अन्तर्राष्ट्रिय सहकार्यलाई सबै अवस्थामा औपचारिक

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ– लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई