स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइलनमा « Khabarhub

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइलनमा

निर्धारित समयमा बराबरी, अतिरिक्त समयमा अल्भारेज र मार्टिनेज चम्किए


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकपमा स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइलनमा पुगेको छ । रोमाञ्चक क्वार्टरफाइनलमा अर्जेन्टिनाले अतिरिक्त समयमा स्विट्जरल्यान्डविरुद्ध ३–१ को महत्त्वपूर्ण जित निकालेको हो ।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयको ११२ औँ मिनेटमा जुलियन अल्भारेजले जे. लोपेजको पासमा उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई जित दिलाएका हुन् ।

खेलको १० औँ मिनेटमा कप्तान लियोनेल मेसीको पासमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले अघि रहेको अर्जेन्टिनाविरुद्ध दोस्रो हाफमा स्विट्जरल्यान्डले सशक्त पुनरागमन गर्‍यो । ६७ औँ मिनेटमा डान न्डोएले रिकार्डो रोड्रिगेजको पासमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।

खेलको ७२ औँ मिनेटमा ब्रिल एम्बोलोले दोहोरो पहेँलो (रातो) कार्ड खाँदै मैदान छाडेपछि स्विट्जरल्यान्ड १० खेलाडीमा समेटिएको थियो ।

१० खेलाडीमा सीमित भए पनि स्विट्जरल्यान्डले निर्धारित समयसम्म अर्जेन्टिनालाई बराबरीमा रोक्न सफल भएको थियो ।

अतिरिक्त समयमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनाको सेमिफाइनल यात्रा सहज बनाएका थिए । खेलको अन्तिम समयमा लाउटारो मार्टिनेजले गोल गर्दै ३-१ को जितसहित अर्जेन्टिना सेमिफाइनल पुगेको हो ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ९ : ३० बजे

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल – सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु

अन्तर्राष्ट्रिय सहकार्य औपचारिक संरचनाभन्दा परिणाममुखी हुनुपर्छ : भारतीय विदेशमन्त्री जयशंकर 

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकरले अन्तर्राष्ट्रिय सहकार्यलाई सबै अवस्थामा औपचारिक

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ– लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई