एकै फिल्मबाट धेरैलाई डेब्यू गराउँदै रघुनाथ « Khabarhub

एकै फिल्मबाट धेरैलाई डेब्यू गराउँदै रघुनाथ


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पत्रकारिता पृष्ठभूमिका रघुनाथ सापकोटा फिल्म निर्माणमा होमिएका छन् । उनले तीन फिल्म निर्माण घोषणा गरे । फिल्म ‘तीन तिघ्रे क्या बिग्रे’ भने कलाकार चयनको अन्तिम चरणमा पुगेको छ ।

यस फिल्मबाट रघुनाथले गायक पशुपति शर्मा र हाँस्य कलाकार प्रभात लामालाई डेब्यू गराउने पक्का भइसकेको छ । फिल्मको नायिकाकमा गायिका अञ्जु पन्तकी छोरी परितोषिका पन्त अनुबन्ध भइसकेकी छन् । उनको पनि यो डेब्यू फिल्म हो ।

फेरि यस फिल्मको शीर्ष भूमिकामा बेगम नेपाली अनुबन्ध भएका छन् । बेगम सानो पर्दामा ‘भटभटे माइला’ नामक पात्रले चर्चामा छन् । शीर्ष भूमिकामा उनको पनि ठूलो पर्दामा डेब्यू हो ।

यही सातादेखि फिल्मको छायाङ्कन हुने निर्माता सापकोटाले बताए ।

रघुजी फिल्म्सको ब्यानरमा बन्ने यस फिल्म पूर्ण कमेडी जनरामा बन्न लागेको हो । यसको निर्देशक तथा लेखक अमरदीप सापकोटा हुन् ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ५ : ४० बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा