रवि–बालेन भेटवार्ता : सुकुमबासी व्यवस्थापनदेखि सरकारको कार्यसम्पादनबारे छलफल « Khabarhub

रवि–बालेन भेटवार्ता : सुकुमबासी व्यवस्थापनदेखि सरकारको कार्यसम्पादनबारे छलफल


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच आइतबार बुढानीलकण्ठस्थित लामिछाने निवासमा करिब चार घण्टा लामो भेटवार्ता भएको छ। भेटमा सरकारको कामकारबाहीलाई थप प्रभावकारी बनाउने, जनतामा बढ्दो निराशा सम्बोधन गर्ने, सुकुमबासी व्यवस्थापन, पार्टीको केन्द्रीय समिति विस्तार तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे विस्तृत छलफल भएको दुवै पक्षका स्रोतले बताएका छन्।

प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार यो दुई नेताबीच हुने नियमित समन्वय बैठककै निरन्तरता हो । बैठकमा सरकारको कार्यसम्पादनलाई प्रभावकारी बनाउने, सुशासनका अभियानलाई तीव्रता दिने तथा समाजमा बढ्दो असन्तोषलाई दीर्घकालीन रूपमा कसरी सम्बोधन गर्ने भन्ने विषयमा विशेष जोड दिइएको थियो ।

बैठकमा सभापति लामिछानेले सुकुमबासी व्यवस्थापनको विषयलाई प्राथमिकताका साथ उठाउँदै मानवीय दृष्टिकोणबाट तत्काल राहत र दीर्घकालीन समाधानको योजना अघि बढाउन आग्रह गरेका थिए। पछिल्लो समय आत्मदाहका घटनालगायत सामाजिक असन्तोष बढ्दै गएको भन्दै उनले सरकारलाई संवेदनशील बन्न सुझाव दिएका थिए।

प्रधानमन्त्री शाहले सुकुमबासी समस्या समाधानको प्रक्रिया अघि बढिरहेको भए पनि कर्मचारी संयन्त्रको एक हिस्सा र स्थानीय तहबाट अपेक्षित सहयोग नपाउँदा काममा ढिलाइ भएको बताएका थिए । उनले यस विषयमा पार्टीभित्र पनि फरक–फरक धारणा देखिन थालेको भन्दै स्पष्ट बुझाइ आवश्यक रहेको धारणा राखेको स्रोत बताउँछ ।

बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेसँग सम्बन्धित विषय पनि उठेको स्रोतको दाबी छ। बजेट कार्यान्वयन तथा करका केही व्यवस्थालाई लिएर देखिएको असन्तुष्टिबारे छलफल भएको जनाइएको छ।

रास्वपाको केन्द्रीय समिति विस्तार र ५१ जना मनोनयनको विषयमा पनि दुई नेताबीच कुराकानी भएको थियो। बालेन समूहले नामावली नदिएका कारण समिति विस्तार रोकिएको भन्ने बाहिर आएको चर्चा सत्य नभएको प्रधानमन्त्री सचिवालय स्रोतको भनाइ छ। पार्टीभित्र देखिएका मतभेद संवादमार्फत समाधान गर्ने समझदारी बनेको स्रोतले जनाएको छ।

छलफलका क्रममा सामाजिक सञ्जालबाट बढ्दो असन्तोष सडकसम्म पुग्न थालेको अवस्थाबारे पनि चासो व्यक्त गरिएको थियो। प्रधानमन्त्री शाहले सरकारविरुद्ध नियोजित रूपमा भ्रम फैलाउने प्रयास भइरहेको दाबी गर्दै पार्टीभित्र एकीकृत धारणा बनाउन आवश्यक रहेको बताएका थिए। उनले सुशासनका अभियानलाई कुनै पनि हालतमा नरोक्ने प्रतिबद्धता पनि दोहोर्‍याएका थिए।

यसैगरी, संसद्मा प्रधानमन्त्रीको उपस्थितिलाई लिएर पार्टीकै सांसदबाट उठ्ने टिप्पणी, सरकारविरुद्ध आफ्नै दलका केही नेताले सार्वजनिक रूपमा असन्तुष्टि जनाइरहेको विषय तथा अनुशासन कायम गर्ने आवश्यकताबारे पनि दुई नेताबीच विचार आदानप्रदान भएको बताइएको छ ।

बैठकमा संविधान संशोधनका विषयमा समेत सामान्य छलफल भएको थियो । बैठकमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन, सभापति लामिछानेका स्वकीय सचिव अविनाश आचार्यलगायत सहभागी थिए।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  १० : ३३ बजे

रवि–बालेन भेटवार्ता : सुकुमबासी व्यवस्थापनदेखि सरकारको कार्यसम्पादनबारे छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले