४० वर्षदेखिको उद्योग बक्यौता उठ्न थाल्यो, ५१ करोडभन्दा बढी असुल « Khabarhub

४० वर्षदेखिको उद्योग बक्यौता उठ्न थाल्यो, ५१ करोडभन्दा बढी असुल


२८ श्रावण २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि ४० वर्षदेखि उठ्न नसकेको उद्योगको बक्यौता धमाधम असुल हुन थालेको छ। उद्योग मन्त्रालयले लामो समयदेखि विभिन्न उद्योगबाट उठ्न बाँकी रहेको भाडा तथा अन्य बक्यौता असुलीलाई प्राथमिकतामा राखेर कडाइ गरेपछि करोडौँ रुपैयाँ असुली भएको हो।

वर्षौँदेखि राज्यलाई तिर्नुपर्ने रकम नतिरी बसेका उद्योग तथा संस्थाबाट बक्यौता असुल गर्न मन्त्री यादवले कडा निर्देशन दिएपछि असुली प्रक्रिया तीव्र पारिएको मन्त्रालयले जनाएको छ।

यसैक्रममा कन्टिनेन्टलबाट ४ करोड ११ लाख ९३ हजार ६८९ रुपैयाँ ७५ पैसा बक्यौता असुल भएको छ। यससँगै हालसम्म उद्योगहरूको बक्यौता बापत कुल ५१ करोड २६ लाख ३० हजार ७९९ रुपैयाँ २७ पैसा राज्यको कोषमा दाखिला भइसकेको छ।

बक्यौता असुलीसँगै लामो समयदेखि रोकिएका उद्योग सञ्चालनलाई सहज बनाउने प्रक्रियासमेत अघि बढाइएको छ। बक्यौता बुझाएपछि थप एक उद्योगको विद्युत् लाइन पुनः जडान गरिएको छ। तर, विद्युत् महसुल बक्यौता नतिरेका कारण हालसम्म १६ वटा उद्योगको विद्युत् लाइन भने काटिएकै अवस्थामा रहेको छ।

वर्षौँदेखि अलपत्र रहेको राज्यको बक्यौता उठाउने अभियानले गति लिएसँगै सरकारी राजस्व असुलीमा समेत सकारात्मक प्रभाव परेको छ। मन्त्रालयले बाँकी रहेका अन्य उद्योगबाट पनि बक्यौता असुलीलाई निरन्तरता दिइने जनाएको छ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहिबार  ११ : ०० बजे

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक ८ गते आइतबारको राशिफल

काठमाडौँ– २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६ अक्टोबर

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६