अब्राहम लिङ्कन विमानवाहक पोतमा के भएको हो ? « Khabarhub

अब्राहम लिङ्कन विमानवाहक पोतमा के भएको हो ?


२८ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- अमेरिकी नौसेनाको विमानवाहक पोत युएसएस अब्राहम लिङ्कनभित्रको अवस्थालाई लिएर प्रश्न उठेको छ । उक्त पोतमा लामो समयदेखि जारी तैनाथीका क्रममा खाद्यान्न अभाव, पानी तथा प्लम्बिङ समस्या र मानसिक स्वास्थ्य सङ्कट देखिएको रिपोर्ट सार्वजनिक भएको छ ।

रिपोर्ट सार्वजनिक भएपछि अमेरिकी कङ्ग्रेसमा डेमोक्रेटिक पार्टीको प्रतिनिधित्व गर्ने सांसदहरूले पोतमा रहेका सैनिकको अवस्थाबारे जवाफ मागेका छन् । सिनेटर रिचर्ड ब्लुमेन्थलले बुधबार युद्धमन्त्री पीट हेग्सेथलाई पत्र लेख्दै विमानवाहक पोतमा रहेका सैनिकको अवस्थाबारे नौसेनालाई जवाफदेही बनाउन आग्रह गरेका हुन् ।

उनका अनुसार युएसएस अब्राहम लिङ्कन विगत २५० दिनभन्दा बढी समयदेखि तैनाथ छ र २०० दिनभन्दा बढी समयसम्म बन्दरगाहमा नरोकी समुद्रमै रहेको अमेरिकी नौसेनाको रेकर्ड बनेको छ । ब्लुमेन्थलले लामो तैनाथीका क्रममा जहाजमा आधारभूत सामग्रीको अभाव, पानी प्रदूषण, प्लम्बिङ समस्या, बिग्रँदो मानसिक स्वास्थ्य तथा डेक सुरक्षासम्बन्धी चिन्ता देखिएको विभिन्न रिपोर्टलाई उल्लेख गरेका छन् ।

उनले यति लामो समयसम्म सैनिकलाई समुद्रमै राख्दा उनीहरूको स्वास्थ्य, सुरक्षा र कार्यक्षमतामा पर्न सक्ने असरबारे गम्भीर चासो व्यक्त गरेका छन् । सिनेटर रुबेन गालेगोले पनि सामाजिक सञ्जाल एक्समार्फत युएसएस लिङ्कनमा सिनेट प्रतिनिधिमण्डलबाट औपचारिक निरीक्षण भ्रमण गराउन आग्रह गरेका छन् । उनले जहाजमा देखिएको भनिएको चिन्ताजनक अवस्थाको प्रत्यक्ष अनुसन्धान आवश्यक रहेको बताएका छन् ।

अमेरिकाका प्रमुख सैन्य पत्रिकाहरुहरु नेभी टाइम्स र स्टार्स एण्ड स्ट्राइप्सले जनाए अनुसार युएसएस अब्राहम लिङ्कनभित्रको अवस्था खराब बन्दै जाँदा मानसिक तनावले सीमा नाघेपछि सैनिकहरुले जहाजबाट समुद्रमा हाम फाल्ने प्रयास समेत गरेका छन् । स्टार्स एण्ड स्ट्राइप्सका अनुसार उक्त पोतमा सवार आफ्ना प्रियजनहरूको अवस्थालाई लिएर परिवारहरु समेत चिन्तित छन् । पोतमा तैनाथ एक सैनिककी श्रीमतीका अनुसार उनका श्रीमानले ‘भोलि बिहान नउठ्नै पाए हुन्थ्यो’ भन्ने म्यासेज समेत पठाएका छन् ।

उता इरानको महर समाचार संस्थाले युद्धपोतमा हिंसात्मक झडपको भएको र सो क्रममा सात जना नौसैनिकको मृत्यु भएको दाबी गरेको छ । इरानकै तास्निम न्युज एजेन्सीले नौसैनिक र तिनीहरुका परिवारको गुनासो सम्बोधन गर्न अमेरिकी सेन्ट्रल कमाण्डका प्रमुख ब्राड कुपरका एक जना सल्लाहकार उक्त पोतमा पुगेपछि झडप भएको हो ।

युएसएस अब्राहम लिङ्कनले नोभेम्बर २१, २०२५ मा दक्षिण चीन सागरमा तैनाथीका लागि क्यालिफोर्नियाको सान डिएगोबाट यात्रा सुरु गरेको थियो । फेब्रुअरी २८ देखि इरानमा सुरु भएको अमेरिका–इजरायल सैन्य कारबाहीअघि उक्त विमानवाहक पोतलाई मध्यपूर्वतर्फ फर्काइएको थियो । लामो समयदेखि घर फर्कन नपाएका सैनिकका परिवारले पनि पछिल्ला दुई बैठकमा नौसेना नेतृत्वसँग जहाजमा रहेका करिब पाँच हजार नाविक तथा मरीनले सामना गरिरहेको कठिन अवस्थाबारे प्रश्न उठाएका थिए ।

परिवारका सदस्यहरूले खाद्यान्नको अभाव, लामो तैनाथी र आफ्ना आफन्त कहिले घर फर्कन पाउने भन्नेबारे स्पष्ट जानकारी मागेका थिए । केही परिवारले जहाजमा रहेका सैनिकमा गम्भीर मानसिक स्वास्थ्य समस्या देखिएको तथा आत्महत्या प्रयाससमेत भएको रिपोर्ट गरेका छन् ।

यसले लामो समयसम्मको तैनाथीले सैनिकको मानसिक स्वास्थ्यमा पारिरहेको प्रभावबारे थप चिन्ता बढाएको छ । गालेगोले बुधबारको आफ्नो पोस्टमा जहाजको अवस्था अत्यन्त गम्भीर रहेको दाबी गरेका छन् । उनका अनुसार केही चालक दलका सदस्यले जहाजबाट हामफाल्ने धम्की दिएको रिपोर्टसमेत आएको छ ।

उनले धुवाँले भरिएको स्नानकक्ष, कहिलेकाहीँ मात्र उपलब्ध हुने तातो पानी, सीमित गरिएको खाना र साबुन, बिग्रिएका शौचालय तथा दैनिक १२ देखि १६ घण्टासम्मको कामबारे उल्लेख गरेका छन् ।

गालेगोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा भइरहेको सैन्य कारबाहीका क्रममा अमेरिकी सैनिकसँग यस्तो व्यवहार हुनु ‘घृणित मात्र नभई खतरनाक’ समेत रहेको टिप्पणी गरेका छन् । अमेरिकी नौसेनाले भने जहाजमा रहेका सैनिकको अवस्थाबारे टिप्पणी गर्न एएफपीले गरेको अनुरोधको तत्काल जवाफ दिएको छैन ।

युएसएस अब्राहम लिङ्कनको लामो समयदेखिको तैनाथी, जहाजमा रहेका सैनिकको आधारभूत सुविधा तथा मानसिक स्वास्थ्यसँग सम्बन्धित रिपोर्ट र परिवारको बढ्दो चिन्ताले अमेरिकी सैन्य अभियानका क्रममा सैनिकको कल्याण र सुरक्षासम्बन्धी प्रश्नलाई पुनः चर्चामा ल्याएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार  ३ : ११ बजे

बाँदर आतंकले दोलखाका किसान हैरान, मकै जोगाउन खोज्दा ज्यान जोखिममा 

दोलखा– जिल्लामा पछिल्ला दिनमा जंगली जनावर बाँदरको आतंक बढेपछि जिल्लाभरका

सरकारी वकिलको कार्यालय लैजाँदा किशोर श्रेष्ठको हातमा हतकडी (तस्बिरहरु)

काठमाडौं- म्याद थपका लागि अदालतमा उपस्थित गराउनुअघि वरिष्ठ पत्रकार किशोर

शेरबहादुरकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुन्छ : प्रकाशशरण महत

काठमाडौं– नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले शेरबहादुर देउवाकै नेतृत्वमा

हर्मुज पूर्ण रूपमा नखुलेको छैन : इरान

तेहरान– इरानले हर्मुज जलघाँटीमा अमेरिकाको ‘पूर्ण नियन्त्रण’ कायम रहेको अमेरिकी

‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक कार्य सञ्चालनमा कुनै समस्या छैन’  

काठमाडौं– नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको वित्तीय