रेसुङ्गामा श्रद्धालुको घुइँचो « Khabarhub

रेसुङ्गामा श्रद्धालुको घुइँचो


२८ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

गुल्मी – रेसुङ्गामा श्रद्धालुहरुको घुइँचो लागेको छ। रेसुङ्गा धार्मिक क्षेत्र हो । विगतको तुलानामा यस वर्ष घुइँचो बढेपछि स्थानीय खुसी भएका छन् । धर्ममा आस्था राख्ने श्रद्धालुहरु साउन महिनामा एकपटक रेसुङ्गा पुग्नुले भीड बढ्ने गरेको हो ।

रेसुङ्गा संरक्षण समितिले साउनमा एकमहिने धार्मिक मेलाका आयोजना गर्ने गरेको छ । उक्त मेला अवलोकन तथा धर्म गर्न यस क्षेत्रमा भक्तजनको उपस्थिति हुने गर्दछ। रेसुङ्गालाई धार्मिक परम्पराअनुसार तपोभूमि तथा सिद्ध क्षेत्रका रुपमा लिइन्छ । त्रेतायुगदेखि ऋषिमुनिहरुले यस क्षेत्रमा तपस्या गरेको भन्ने धार्मिक आस्था र विश्वास कायम छ ।

यस क्षेत्रको धार्मिक महत्वसँग जोडिएको पोखरीलाई बालसिद्ध पोखरीका रुपमा मानिन्छ । धार्मिक मान्यताअनुसार यहाँ बालसिद्धलाई भगवान् शिवका रुपमा पूजा गर्ने गरिन्छ। धार्मिक आस्थाका कारण साउन महिनाभर रेसुङ्गा पोखरीमा स्नान गर्नेको घुइँचो लाग्ने गर्दछ ।

रेसुङ्गास्थित माहापोखरीलाई श्रद्धालुले पवित्र तीर्थस्थलका रुपमा लिने गरेका छन्। धार्मिक मान्यताअनुसार माहापोखरीमा स्नान गरी नजिकै रहेको यज्ञशाला पुगी पूजा गरेपछि सिद्धको दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने र सन्तान प्राप्ति हुने धार्मिक विश्वास रहँदै आएको छ । यही आस्थाका कारण टाढाबाट सन्तान प्राप्तिको चाहना गर्ने श्रद्धालुहरु रेसुङ्गा क्षेत्रमा आउने गर्दछन् ।

पोखरीमा स्नान गर्न गुल्मी, पाल्पा, रुपन्देही, बागलुङ, अर्घाखाँची, स्याङ्जा, नवलपरासी र कपिलवस्तुलगायत जिल्लाबाट श्रद्धालुहरु आउने गर्दछन्।रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले सन्तान नहुनेहरु एकपटक यहाँ आउने गरेका बताए।

“यो एउटा तपोभूमि क्षेत्र हो, त्रेतायुगदेखि ऋषिमुनिहरुले तपस्या गरेको हुँदा यसलाई सिद्धक्षेत्र पनि भनिन्छ”, उनले भने।रेसुङ्गा यज्ञशालाका पण्डित कृष्ण पन्थीका अनुसार साउनमा खेतीपाती तथा पशुपालनगर्ने कृषकहरुले मकै, दूधलगायत सामग्री सिद्ध मन्दिरमा चढाउने प्रचलन छ । त्यसैले साउनमा रेसुङ्गा जाने र पोखरीमा स्नान गरी सिद्धको पूजा गर्ने यहाँको मुख्य परम्परा छ।

साउन महिनाभर रेसुङ्गास्थित यज्ञशाला मन्दिरमा दैनिक हवन, रुद्री, गीता तथा चण्डी पाठलगायत धार्मिक अनुष्ठान सञ्चालन गरिएको छ।यहाँ राति अबेरसम्म भजन, कीर्तन हुनेहुँदा कतिपय श्रद्धालु रातभर यज्ञशालामा जाग्राम बसेर भजनकीर्तनमा रमाउने गर्छन्।

रेसुङ्गा क्षेत्रमा रहेको पोखरीको पानीले स्नान गरेपछि चारधाम जान नपर्ने र आफूले अञ्जानमा गरेका सम्पूर्ण पाप नष्ट भई समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।

उक्त विश्वासका कारण यहाँ आउने धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । रेसुङ्गा धार्मिक तथा ऐतिहासिक महत्वसँगै प्राकृतिक सुन्दरता र जैविक विविधताका कारण पनि प्रसिद्ध मानिन्छ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार  ९ : १३ बजे

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए