पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति « Khabarhub

पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति


२८ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।

समाचारमार्फत व्यक्तिगत गोपनीयता हनन गरेको आरोपमा बुधबार राति पक्राउ परेका श्रेष्ठलाई बिहीबार अदालतमा उपस्थित गराइएको थियो । न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले श्रेष्ठमाथि अनुसन्धान अघि बढाउन तीन दिनको म्याद दिएको हो ।

श्रेष्ठ पक्राउ परेपछि प्रहरीले उनको कार्यकक्षसँगै काठमाडौंस्थित घरमा समेत खानतलासी गरेको थियो । खानतलासीका क्रममा प्रहरीले केही विद्युतीय उपकरण नियन्त्रणमा लिएको जनाइएको छ ।

यसैबीच, श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले श्रीमान्लाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै बिहीबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेकी छन् ।

समाचारको विषयलाई लिएर पत्रकारलाई फौजदारी कसुरमा पक्राउ गरी अनुसन्धान अघि बढाइएको भन्दै सञ्चार क्षेत्रसम्बद्ध संघसंस्थाले भने आपत्ति जनाएका छन् । उनीहरूले समाचार लेखेकै आधारमा पत्रकारमाथि फौजदारी कारबाही अघि बढाइनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै विरोध जनाएका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार  ९ : २५ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु