पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति « Khabarhub

पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति


२८ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।

समाचारमार्फत व्यक्तिगत गोपनीयता हनन गरेको आरोपमा बुधबार राति पक्राउ परेका श्रेष्ठलाई बिहीबार अदालतमा उपस्थित गराइएको थियो । न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले श्रेष्ठमाथि अनुसन्धान अघि बढाउन तीन दिनको म्याद दिएको हो ।

श्रेष्ठ पक्राउ परेपछि प्रहरीले उनको कार्यकक्षसँगै काठमाडौंस्थित घरमा समेत खानतलासी गरेको थियो । खानतलासीका क्रममा प्रहरीले केही विद्युतीय उपकरण नियन्त्रणमा लिएको जनाइएको छ ।

यसैबीच, श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले श्रीमान्लाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै बिहीबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेकी छन् ।

समाचारको विषयलाई लिएर पत्रकारलाई फौजदारी कसुरमा पक्राउ गरी अनुसन्धान अघि बढाइएको भन्दै सञ्चार क्षेत्रसम्बद्ध संघसंस्थाले भने आपत्ति जनाएका छन् । उनीहरूले समाचार लेखेकै आधारमा पत्रकारमाथि फौजदारी कारबाही अघि बढाइनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै विरोध जनाएका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार  ९ : २५ बजे

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त

बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धारसँगै सडक खुलाउन मुख्यमन्त्रीको निर्देशन

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुरा र बैतडी जिल्लाका

इन्जिनियर दम्पतीसहित छोराछोरी बेपत्ता, पर्खाइमा परिवार

बागलुङ– बागलुङ नगरपालिका–९ तित्याङका इन्जिनियर दम्पती राजेश शर्मा र प्रमिला