निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू « Khabarhub

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू


२८ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत बढी ग्यास आयात तथा बिक्री वितरण भइरहेको जनाएको छ । निगमले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । अझै पनि बजारबाट सहजरूपमा ग्यास नपाइरहेको उपभोक्ताहरूको गुनासोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

‘निगमबाट मिति २०८३ असार ३१ गतेदेखि बजारमा १४.२ किलोग्रामको भरी सिलिन्डर बिक्री वितरणमा रहेको व्यहोरा सर्वविदितै छ । साविकको भन्दा करिब २० प्रतिशत बढी ग्यास आयात तथा बिक्री बितरण भइरहेको भए तापनि सर्वसाधरण उपभोक्ताहरूले अझै पनि बजारबाट सहजरूपमा ग्यास नपाइरहेको गुनासोप्रति निगमको ध्यानाकर्षण भएको छ,’ निगमले जारी गरेको विज्ञप्तिमा भएिको छ ।

निगमको द्रुत प्रतिकार्य डेस्कमा बजार अनुगमन गर्दा कतिपय होटेल, रेष्टुरेण्ट, पार्टी प्यालेस लगायतका व्यावसायिक प्रतिष्ठानहरूमा आवश्यकताभन्दा बढी ग्यास सिलिण्डर मौज्दात राखिएको पाइएको जनाएको छ । अनावश्यक मौज्दात नराख्न निगमले अनुरोध गरेको छ । राखेको भए तत्काल सम्बन्धित डिपोमार्फत सर्वसाधरण उपभोक्तालाई बिक्री वितरण गर्न निगमले भनेको छ ।

सूचनाविपरीत कहीँकतै ग्यास सिलिण्डर मौज्दात राखेको भेटिएमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने जनाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार  ९ : ४५ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले