निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू « Khabarhub

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू


२८ श्रावण २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत बढी ग्यास आयात तथा बिक्री वितरण भइरहेको जनाएको छ । निगमले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । अझै पनि बजारबाट सहजरूपमा ग्यास नपाइरहेको उपभोक्ताहरूको गुनासोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

‘निगमबाट मिति २०८३ असार ३१ गतेदेखि बजारमा १४.२ किलोग्रामको भरी सिलिन्डर बिक्री वितरणमा रहेको व्यहोरा सर्वविदितै छ । साविकको भन्दा करिब २० प्रतिशत बढी ग्यास आयात तथा बिक्री बितरण भइरहेको भए तापनि सर्वसाधरण उपभोक्ताहरूले अझै पनि बजारबाट सहजरूपमा ग्यास नपाइरहेको गुनासोप्रति निगमको ध्यानाकर्षण भएको छ,’ निगमले जारी गरेको विज्ञप्तिमा भएिको छ ।

निगमको द्रुत प्रतिकार्य डेस्कमा बजार अनुगमन गर्दा कतिपय होटेल, रेष्टुरेण्ट, पार्टी प्यालेस लगायतका व्यावसायिक प्रतिष्ठानहरूमा आवश्यकताभन्दा बढी ग्यास सिलिण्डर मौज्दात राखिएको पाइएको जनाएको छ । अनावश्यक मौज्दात नराख्न निगमले अनुरोध गरेको छ । राखेको भए तत्काल सम्बन्धित डिपोमार्फत सर्वसाधरण उपभोक्तालाई बिक्री वितरण गर्न निगमले भनेको छ ।

सूचनाविपरीत कहीँकतै ग्यास सिलिण्डर मौज्दात राखेको भेटिएमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने जनाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहिबार  ९ : ४५ बजे

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना