आज तीजको दर खाने दिन « Khabarhub

आज तीजको दर खाने दिन

तीजको मौलिकता जोगाउन शास्त्रीय मान्यता अपनाउन आग्रह


२८ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाँदै छन् । दर खाएसँगै आजदेखि चारदिने तीज पर्व औपचारिक रूपमा सुरु हुँदै छ ।

विशेष गरी नेपाली नारीले मनाउने तीजको पहिलो दिन अर्थात् भाद्र शुक्ल द्वितीयाका दिन आज दर खाने परम्परा छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने गर्छन् । दरका रूपमा विशेष गरी दूधबाट बनेका शुद्ध र आडिला परिकार खाइन्छ । गहुँको रोटी र घिउ खाँदा बर्तालुका लागि अझ आडिलो हुने धर्मशास्त्रविद् प्रा. तोयराज नेपाल बताउँछन् । दर दुई भाग रात बाँकी छँदै खाइसक्नुपर्ने शास्त्रीय विधान छ ।

महिलाहरूले वर्षभरिका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट पोख्ने पर्वका रूपमा पनि तीजलाई लिइन्छ । जन्मघर छाडेर कर्मघरमा बस्दा पाएका दुःख र वेदना नारीले तीजका भाकामा सार्वजनिक गर्छन् ।

पछिल्ला वर्षहरूमा तीजका नाममा तडकभडक र उच्छृङ्खलता बढेको भन्दै चिन्ता व्यक्त हुन थालेको छ । महिनाअघिदेखि दर खाने, गरगहना एवं पोसाक प्रदर्शन गर्नेजस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतितिर लगेको समाजशास्त्री कीर्तिकुमार राई बताउँछन् । नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा.डा. देवमणि भट्टराईका अनुसार भाद्र शुक्ल तृतीयाका दिन नीराहार व्रत बस्नका लागि अघिल्लो दिन बेलुकी दर खाने शास्त्रीय नियम तोकिएको हो ।

दर खाएपछि सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश पूजा र पञ्चमीका दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन गरिन्छ ।

सत्ययुगमा हिमालयपुत्री पार्वतीले गौरीघाटमा तपस्या गरी महादेवलाई पतिका रूपमा पाएको पौराणिक मान्यता छ । पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीहरूले उनलाई हरण गरेर (लुकाएर) राखेका थिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले नीराहार व्रत बसी महादेवलाई पतिका रूपमा प्राप्त गरेको कथा पुराणहरूमा उल्लेख छ । पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीया परेकाले यस पर्वलाई ‘हरितालिका’ भनिएको हो ।

प्रकाशित मिति : २८ भाद्र २०८३, आइतबार  ६ : १२ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको