नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली « Khabarhub

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली


२८ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर कूटनीतिका कारण छिमेकमै भएका महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति शून्यप्रायः बनेको टिप्पणी गरेका छन् । बदलिँदो भूराजनीतिक बहावका बिच वर्तमान सरकारले लिएको नीतिले मुलुकलाई अलगाव र नोक्सानीतर्फ धकेलेको उनको दाबी छ ।

छिमेकी मुलुक भारतको नयाँ दिल्लीमा ब्रिक्स शिखर सम्मेलन र केही साताअघि किर्गिस्तानको बिस्केकमा सम्पन्न साङ्घाई सहयोग सङ्गठनको सम्मेलनलाई उदाहरण दिँदै नेता ज्ञवालीले नेपाल यी गतिविधिबाट बेखबर जस्तै बनेको बताए । ब्रिक्स र एससीओ बदलिँदो विश्व शक्ति सन्तुलनका प्रतिनिधि संरचना भएको उल्लेख गर्दै उनले कुनै पनि कित्तामा नढल्किई मुद्दागत आधारमा यस्ता मञ्चहरूबाट लाभ लिनुपर्नेमा नेपाल पछि परेको औँल्याए । “हामीले वास्ता गरेनौँ कि उनीहरूले उपेक्षा गरे थाहा छैन, तर छिमेकमै भएको बिक्स सम्मेलनमा नेपाल आमन्त्रित नहुनु खट्किने विषय हो,” ज्ञवालीले भने ।

संयुक्त राष्ट्रसङ्घ निष्प्रभावी बन्दै गएको तथा सार्क, बिम्स्टेक र असङ्लग्न आन्दोलनजस्ता नेपाल आबद्ध पुराना बहुपक्षीय संरचनाहरू औपचारिकतामा सीमित भइरहेको अवस्थामा यस्ता नयाँ क्षेत्रीय सङ्गठनहरू नेपालका लागि उपयोगी हुन सक्ने ज्ञवालीको भनाइ छ ।

गत वर्षदेखि नेपालको परराष्ट्र नीति दिग्भ्रम र अलगावको दिशामा उन्मुख देखिएको आरोप लगाउँदै पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री आफ्नै ‘अटिच्युड’ र ‘प्रोटोकल’को भुलभुलैयामा फसेको टिप्पणी गरे ।

भोटेकोशी बाढीबाट सिर्जित विनाश र जलवायु परिवर्तनको मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउन चौतर्फी दबाब नपरेको भए प्रधानमन्त्री राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुने निर्णय सम्म नहुने उनले दाबी गरे । महासभामा सम्बोधनसँगै हुने साइडलाइन बैठकको तयारीबारे पनि सरकारले स्पष्ट नगरेको भन्दै ज्ञवालीले कूटनीतिक सक्रियता बढाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०८३, आइतबार  ८ : ४८ बजे

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा