‘मुलुकले थप द्वन्द्व थेग्न सक्दैन, राजासहितको राष्ट्रिय सहमति खोजौँ’ « Khabarhub

‘मुलुकले थप द्वन्द्व थेग्न सक्दैन, राजासहितको राष्ट्रिय सहमति खोजौँ’


२८ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई निकास दिन निषेधको राजनीति त्यागेर राजासहितको राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित राप्रपाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देश लामो समयदेखि राजनीतिक तरलता र अनिश्चितताको अँध्यारो सुरुङमा प्रवेश गरेको बताए ।

विगतमा भएका राजनीतिक परिवर्तन र विद्रोहपछि पनि जनतामा आशा जाग्न नसकेको उल्लेख गर्दै उनले अब देशले थप द्वन्द्व र निषेधको राजनीति थेग्न नसक्ने बताए ।

‘सबै राजनीतिक दल र राजाबीच राष्ट्रिय सहमति निर्माण नभएसम्म मुलुकले निकास पाउँदैन,’ लिङ्देनले भने ।

आगामी मंसिरमा हुने पार्टीको महाधिवेशन केवल नेतृत्व चयन गर्ने प्रक्रिया मात्र नभई पार्टीको आगामी मार्गचित्र तय गर्ने र विगतका कमजोरी सच्याउने महत्वपूर्ण अवसर भएको उनको भनाइ छ ।

लिङ्देनले पार्टीलाई आन्तरिक रूपमा बलियो र एकताबद्ध बनाउन नेता तथा कार्यकर्तालाई आग्रह गरे । चुनाव जित्ने नाममा पार्टीका सांसद तथा जनप्रतिनिधि अन्य दलको प्रभावमा पर्ने वा अनुशासन उल्लंघन गर्ने प्रवृत्ति स्वीकार्य नहुने उनले स्पष्ट पारे ।

आफू अध्यक्षमा रहँदा वा नरहँदा पनि पार्टी र कार्यकर्ताको शिर झुक्ने कुनै काम नगरेको दाबी गर्दै लिङ्देनले भ्रष्टाचारविरुद्धको आफ्नो अडानमा सधैँ अडिग रहने प्रतिबद्धता व्यक्त गरे ।

काठमाडौं जिल्ला अधिवेशनमा स्वस्थ र मर्यादित ढंगले प्रतिस्पर्धा गर्न उनले उम्मेदवारहरूलाई सुझावसमेत दिए ।

प्रकाशित मिति : २८ भाद्र २०८३, आइतबार  २ : १७ बजे

मिनेन्द्र रिजालले गराए खुला उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा खुला

बर्दियाबाट सभापतिका दाबेदार राठोर महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका दावेदार किशोर सिंह

अर्थशास्त्री डा. वलीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं– अर्थशास्त्री डा. सुदन वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि

दुई महिनामै विपद्‌मा दोलखाका ६४ जनाको ज्यान गयो

दोलखा- पछिल्लो दुई महिना साउन र भदौमा प्राकृतिक विपद्का घटनामा परी

कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय ६ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको