उत्तरी नाइजेरियामा ६ जना धार्मिक गुरु अपहरण « Khabarhub

उत्तरी नाइजेरियामा ६ जना धार्मिक गुरु अपहरण


२८ भदौ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

जाम्फारा, नाइजेरिया- उत्तरी नाइजेरियाको जाम्फारा राज्यमा हतियारधारी समूहले ६ जना मुस्लिम धार्मिक गुरुलाई अपहरण गरेको प्रहरीले जनाएको छ । पछिल्लो समय उक्त राज्य फिरौतीका लागि हुने अपहरणबाट प्रभावित हुँदै आएको छ ।

प्रहरीका अनुसार शनिबार अत्याधुनिक हतियार बोकेका सशस्त्र समूहले डाक्को–दम्री सडकमा घात लगाएर धार्मिक गुरुहरू सवार गाडी रोकेका थिए । उनीहरू तलाता मफारा जाँदै गर्दा अपहरणमा परेका हुन् ।

नाइजेरियाली सञ्चारमाध्यमका अनुसार उनीहरू सिनेटर अब्दुलअजिज अबुबकर यारीको धार्मिक कार्यक्रममा सहभागी हुन जाँदै थिए । यारी जाम्फारा राज्यका पूर्व गभर्नरसमेत हुन् ।

अपहरणपछि सुरक्षा टोलीले उनीहरूको खोजी तथा उद्धारका लागि व्यापक अभियान सुरु गरेको प्रहरीले जनाएको छ । आसपासका जंगल र झाडीमा खोजी भइरहेको छ ।

नाइजेरियामा पछिल्लो समय अपहरण सशस्त्र समूहका लागि आम्दानीको प्रमुख स्रोत बनेको छ । जिहादी समूहसँगै अपराधी समूहहरूले पनि मानिसलाई अपहरण गरी फिरौती माग्ने गरेका छन् ।

एसबीएम इन्टेलिजेन्सको अगस्टमा प्रकाशित प्रतिवेदनअनुसार, पछिल्लो एक वर्षमा नाइजेरियामा अपहरणकारीलाई करिब ६० लाख अमेरिकी डलर फिरौतीका रूपमा बुझाइएको छ । देशको कमजोर अर्थतन्त्रसँगै बढ्दो असुरक्षा नाइजेरियाको आगामी निर्वाचन अभियानको प्रमुख मुद्दा बनेको छ ।

प्रकाशित मिति : २८ भदौ २०८३, आइतबार  ३ : ४३ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली