उत्तरी नाइजेरियामा ६ जना धार्मिक गुरु अपहरण « Khabarhub

उत्तरी नाइजेरियामा ६ जना धार्मिक गुरु अपहरण


२८ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

जाम्फारा, नाइजेरिया- उत्तरी नाइजेरियाको जाम्फारा राज्यमा हतियारधारी समूहले ६ जना मुस्लिम धार्मिक गुरुलाई अपहरण गरेको प्रहरीले जनाएको छ । पछिल्लो समय उक्त राज्य फिरौतीका लागि हुने अपहरणबाट प्रभावित हुँदै आएको छ ।

प्रहरीका अनुसार शनिबार अत्याधुनिक हतियार बोकेका सशस्त्र समूहले डाक्को–दम्री सडकमा घात लगाएर धार्मिक गुरुहरू सवार गाडी रोकेका थिए । उनीहरू तलाता मफारा जाँदै गर्दा अपहरणमा परेका हुन् ।

नाइजेरियाली सञ्चारमाध्यमका अनुसार उनीहरू सिनेटर अब्दुलअजिज अबुबकर यारीको धार्मिक कार्यक्रममा सहभागी हुन जाँदै थिए । यारी जाम्फारा राज्यका पूर्व गभर्नरसमेत हुन् ।

अपहरणपछि सुरक्षा टोलीले उनीहरूको खोजी तथा उद्धारका लागि व्यापक अभियान सुरु गरेको प्रहरीले जनाएको छ । आसपासका जंगल र झाडीमा खोजी भइरहेको छ ।

नाइजेरियामा पछिल्लो समय अपहरण सशस्त्र समूहका लागि आम्दानीको प्रमुख स्रोत बनेको छ । जिहादी समूहसँगै अपराधी समूहहरूले पनि मानिसलाई अपहरण गरी फिरौती माग्ने गरेका छन् ।

एसबीएम इन्टेलिजेन्सको अगस्टमा प्रकाशित प्रतिवेदनअनुसार, पछिल्लो एक वर्षमा नाइजेरियामा अपहरणकारीलाई करिब ६० लाख अमेरिकी डलर फिरौतीका रूपमा बुझाइएको छ । देशको कमजोर अर्थतन्त्रसँगै बढ्दो असुरक्षा नाइजेरियाको आगामी निर्वाचन अभियानको प्रमुख मुद्दा बनेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८३, आइतबार  ३ : ४३ बजे

मिनेन्द्र रिजालले गराए खुला उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा खुला

बर्दियाबाट सभापतिका दाबेदार राठोर महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका दावेदार किशोर सिंह

अर्थशास्त्री डा. वलीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं– अर्थशास्त्री डा. सुदन वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि

दुई महिनामै विपद्‌मा दोलखाका ६४ जनाको ज्यान गयो

दोलखा- पछिल्लो दुई महिना साउन र भदौमा प्राकृतिक विपद्का घटनामा परी

कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय ६ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको