अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु « Khabarhub

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु


२८ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय किशोरको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् ।

आइतबार दिउँसो धनगढी उपमहानगरपालिका–२ मिलन चोकमा भएको दुर्घटनामा कञ्चनपुरको पुनर्वास नगरपालिका–८ ‘क’ गाउँका १४ वर्षीय क्रिस गोतामेको मृत्यु भएको हो । उनी मोटरसाइकलमा पछाडि सवार थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–२ आदर्श टोलका १८ वर्षीय अङ्कित गुप्ताले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००२ स ६११ नम्बरको अटोले बाटो काट्ने क्रममा चौराहाबाट भन्सारतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००८ प ५९५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटना दिउँसो करिब ३ः५० बजे भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक कैलालीको घोडाघोडी नगरपालिका–८ का २२ वर्षीय दिनेश थापाको दुवै खुट्टा र दाहिने हातमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा पछाडि सवार क्रिसको टाउकोमा गम्भीर चोट लागेको थियो । दुर्घटनापछि उनलाई र मोटरसाइकल चालक थापालाई उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल लगिएको थियो ।

अस्पतालले दिउँसो ४ः१५ बजे क्रिसलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । उनको शव सोही अस्पतालमा राखिएको छ ।

दुर्घटनामा संलग्न अटो, अटो चालक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८३, आइतबार  ९ : १५ बजे

मिनेन्द्र रिजालले गराए खुला उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा खुला

बर्दियाबाट सभापतिका दाबेदार राठोर महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका दावेदार किशोर सिंह

अर्थशास्त्री डा. वलीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं– अर्थशास्त्री डा. सुदन वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि

दुई महिनामै विपद्‌मा दोलखाका ६४ जनाको ज्यान गयो

दोलखा- पछिल्लो दुई महिना साउन र भदौमा प्राकृतिक विपद्का घटनामा परी

कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय ६ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको