बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला « Khabarhub

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला


२८ भदौ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका बाणगङ्गा नगरपालिका–८ का १० वर्षीय बुद्ध लामाको शव भारतमा फेला परेको छ ।

शनिबार बाढीपछि बेपत्ता भएका लामाको शव आज नेपाल–भारत सीमाबाट करिब दुई किलोमिटर टाढा भारतीय क्षेत्रमा पर्ने बगुलहवा खोलामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार भारतीय प्रहरीको समन्वयमा सोहरदगढ प्रहरी चौकीमा उनको शव राखिएको छ । आवश्यक कानुनी प्रक्रिया तथा भारतीय प्रहरीसँगको समन्वयपछि शव नेपाल ल्याउने तयारी भइरहेको उनले बताए।

प्रहरी नायब उपरीक्षक सिंहले भने, “फोटो भिडियोबाट बालकको शव पहिचान भइसकेको ट, शवलाई नेपाल ल्याउने तयारी गरिएको छ ।” बाणगङ्गा नदीमा शनिबार आएको बाढीका कारण बालक बेपत्ता भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको थियो ।

प्रकाशित मिति : २८ भदौ २०८३, आइतबार  ९ : ४१ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४