कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत « Khabarhub

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत


२८ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको नामावली स्वीकृत गरेको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको नामावली स्वीकृत गरेको हो ।

महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित ‘सदस्यता व्यवस्थापन केन्द्रीय समिति’ले १५औँ महाधिवेशनमा भाग लिने क्रियाशील सदस्यहरूको नामावली तयार पारी सभापति गगनकुमार थापासमक्ष पेस गरेको थियो ।

नेपाली कांग्रेसको विधान, २०१७ (एघारौँ संशोधनसहित)को धारा ४ को उपधारा (९) बमोजिमको प्रक्रिया पूरा गर्दै सभापति थापाले उक्त नामावली स्वीकृत गर्ने निर्णय गरेका हुन् ।

क्रियाशील सदस्यहरूको नामावली स्वीकृत भएसँगै १५औँ महाधिवेशनमा मताधिकार प्रयोग गर्ने प्रतिनिधि छनोटको आधारसमेत तयार भएको छ ।

पार्टी विधानअनुसार सदस्यता व्यवस्थापनको जिम्मेवारी पाएको समितिले लामो समयदेखि क्रियाशील सदस्यता व्यवस्थापनसम्बन्धी प्रक्रियागत काम गर्दै आएको थियो ।

नामावली स्वीकृत भएपछि कांग्रेसका तल्लो तहका अधिवेशनदेखि १५औँ महाधिवेशनसम्मका अन्य सांगठनिक प्रक्रियाले समेत गति लिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८३, आइतबार  १० : ४५ बजे

मिनेन्द्र रिजालले गराए खुला उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा खुला

बर्दियाबाट सभापतिका दाबेदार राठोर महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका दावेदार किशोर सिंह

अर्थशास्त्री डा. वलीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं– अर्थशास्त्री डा. सुदन वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि

दुई महिनामै विपद्‌मा दोलखाका ६४ जनाको ज्यान गयो

दोलखा- पछिल्लो दुई महिना साउन र भदौमा प्राकृतिक विपद्का घटनामा परी

कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय ६ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको