विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै « Khabarhub

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै


२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । खेल ओमानको अल अमेरात क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान सवा ११ बजे हुनेछ ।

शीर्ष चारमा पर्ने सम्भावना समाप्त भइसकेको नेपालका लागि अब एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता जोगाउने चुनौती छ । त्यसैले पनि नेपालका लागि आजको खेल महत्वपूर्ण हुनेछ ।

आइतबारको खेलमा क्यानडालाई हराउँदै शीर्ष ६ मा रहेर ओडीआई मान्यता जोगाउने सम्भावना जीवित राखेको नेपालका लागि बाँकी खेलहरुमा राम्रो प्रदर्शन गर्दै जित निकाल्नु पर्ने दबाब छ ।

ओमान र क्यानडासँगका दुई–दुई गरी चारमध्ये कम्तीमा तीन खेल जित्न सके नेपालको शीर्ष ६ भित्र पर्दै एकदिवसीय मान्यता सुरक्षित हुन सक्नेछ ।

लिग–२ मा आठ टोली सहभागी छ । अमेरिका, स्कटल्याण्ड र नेदरल्याण्ड्सले शीर्ष स्थानमा रहँदै सन् २०१७ को विश्वकप छनोट प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् ।

जारी लिगमा नेपाल ३३ खेलबाट २६ अंकका साथ छैटौँ स्थानमा रहेको छ भने २९ खेल खेलेको ओमानको ३३ अंक छ । यसैगरी, क्यानडाको ३४ खेलबाट २५ अंक भएको छ । नामिबियाले ३५ खेलबाट ३१ अंक जोड्दा यूएई ३२ खेलबाट १९ अंकका साथ अन्तिममा छ ।

नेपालले फेरि आगामी शनिबार क्यानडासँग र कात्तिक २ गते ओमानसँग खेल्नेछ ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  ७ : ०२ बजे

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र