विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा « Khabarhub

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा


२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र ओमानबीच प्रतिस्पर्धा भइरहेको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।

शीर्ष चारमा पर्ने सम्भावना समाप्त भइसकेको नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता जोगाउन आजको खेल महत्वपूर्ण रहेको छ ।

आइतबारको खेलमा क्यानडालाई हराउँदै शीर्ष ६ मा रहेर ओडीआई मान्यता जोगाउने सम्भावना जीवित राखेको नेपालका लागि बाँकी खेलहरुमा राम्रो प्रदर्शन गर्नुपर्ने दबाब छ ।

ओमान र क्यानडासँगका दुई–दुई गरी चारमध्ये कम्तीमा तीन खेल जित्न सके नेपालको शीर्ष ६ भित्र पर्दै एकदिवसीय मान्यता सुरक्षित हुन सक्नेछ ।

लिग–२ मा आठ टोली सहभागी छ । अमेरिका, स्कटल्याण्ड र नेदरल्याण्ड्सले शीर्ष स्थानमा रहँदै सन् २०१७ को विश्वकप छनोट प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् ।

जारी लिगमा नेपाल ३३ खेलबाट २६ अंकका साथ छैटौँ स्थानमा रहेको छ भने २९ खेल खेलेको ओमानको ३३ अंक छ । यसैगरी, क्यानडाको ३४ खेलबाट २५ अंक भएको छ । नामिबियाले ३५ खेलबाट ३१ अंक जोड्दा यूएई ३२ खेलबाट १९ अंकका साथ अन्तिममा छ ।

नेपालले बाँकी खेल शनिबार क्यानडासँग र कात्तिक २ गते ओमानसँग खेल्नेछ ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  ११ : १८ बजे

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

काठमाडौं– सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त

चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

गुल्मी– रेसुङ्गा विमानस्थलको हवाई सेवा आजबाट पुनः सञ्चालनमा आएको छ ।

अपराध प्रमाणित भए फिर्ता हुन्छन् खगेन्द्र सुनुवार, उनको कार्यशैलीलाई लिएर पार्टीभित्र छटपटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार डेन्जर जोनमा छन्।

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि