सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण « Khabarhub

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण


२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई राहत रकम हस्तान्तरण गरिएको छ । 

सशस्त्र प्रहरी परिवार महिला सङ्घले भोटेकोशी बाढीबाट प्रभावितलाई उक्त राहत रकम हस्तान्तरण गरेको हो ।

उक्त रकम सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा सङ्घकी अध्यक्ष सावित्राकुमारी पौडेलले हस्तान्तरण गरेकी हुन् ।

बाढीमा बहालवाला सशस्त्र प्रहरी कर्मचारी १३ र अवकाशप्राप्त सशस्त्र प्रहरी एक गरी १४ जना बेपत्ता भएका थिए भने एक जना अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी घाइते भएका थिए ।

त्यस्तै दुई जना सशस्त्र प्रहरी कर्मचारीहरूको परिवार बेपत्ता भएका छन् । 

बेपत्ता बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीका परिवारलाई २५ हजारका दरले तथा परिवार बेपत्ता भएका सशस्त्र प्रहरी कर्मचारीलाई १० हजारका दरले र घाइते भएका अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई समेत १० हजार उपलब्ध गराइएको छ ।

सङ्घकी अध्यक्ष पौडेलले बेपत्ता भएकामध्ये सशस्त्र प्रहरी सहायक हवल्दार कृष्णकुमार कार्की, आशिष पौडेल र जवान साजन कुँवरको परिवार तथा अवकाशप्राप्त सशस्त्र प्रहरी सहायक निरीक्षक बलबहादुर घर्तीमगर र परिवार बेपत्ता भएका दुई महिला सशस्त्र प्रहरी कर्मचारीलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । 

बेपत्ता भएका बाँकी सशस्त्र प्रहरी कर्मचारीको परिवारजनसँग भेट गरी उक्त रकम प्रदान गरिनेछ ।

उनले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा रहेको विपद् कोषमा जम्मा गर्नका लागि रु ५० हजार ५५५ सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अन्जनीकुमार पोखरेललाई हस्तान्तरण गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
 

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  १२ : १३ बजे

तापक्रम वृद्धिको जोखिम बढ्दै, कोप–३१ मा जलवायु संकटबारे बहस

काठमाडौँ– विश्वव्यापी तापक्रम वृद्धिले पृथ्वीको प्राकृतिक सन्तुलनदेखि मानव अस्तित्वसम्ममा चुनौती

टाइमको जलवायु प्रभावशाली सूचीमा परेकन वाग्लेलाई रास्वपाको बधाई

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अमेरिकी पत्रिका ‘टाइम’को सन्

‘सभापति गगन थापाविरुद्ध राज्य नै भ्रम फैलाउँदै छ, निष्पक्ष छानबिन गरौँ’

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य इन्जिनियर दीपकबाबु कँडेलले पार्टी सभापति

जुम्लामा लोभ हुँदै पानी घट्ट 

जुम्ला– जुम्लामा पछिल्लो समयमा परम्परागत पानी घट्टहरू लोभ हुँदै गएका

चार खेल खेलेर एनपीएलबाट फर्किए डेभिड वार्नर

 काठमाडौँ – अस्ट्रेलियाका पूर्वकप्तान तथा आक्रामक ब्याटर डेभिड वार्नर नेपाल प्रिमियर