रियाद विमानस्थलमा हुथी आक्रमणपछि साउदी अरबद्वारा हवाई रक्षा प्रणालीमाथि अनुसन्धान « Khabarhub

रियाद विमानस्थलमा हुथी आक्रमणपछि साउदी अरबद्वारा हवाई रक्षा प्रणालीमाथि अनुसन्धान


२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– साउदी अरबले राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हुथी विद्रोहीको आक्रमण रोक्न हवाई रक्षा प्रणाली किन असफल भयो भन्ने विषयमा अनुसन्धान सुरु गरेको छ।

क्षेत्रीय अधिकारीहरूका अनुसार इरान समर्थित यमनका हुथी विद्रोहीले प्रहार गरेका क्षेप्यास्त्र र ड्रोन आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन्।

सार्वजनिक रूपमा बोल्ने अधिकार नभएकाले नाम नखुलाउने सर्तमा बोलेका दुई क्षेत्रीय अधिकारीले प्रारम्भिक अनुसन्धानमा हुथी विद्रोहीले पहिले ठूलो सङ्ख्यामा ड्रोन प्रहार गरेको र त्यसपछि क्रुज तथा ब्यालिस्टिक क्षेप्यास्त्रबाट विमानस्थललाई निशाना बनाएको देखिएको बताएका छन्।

हुथी विद्रोहीसँग ब्यालिस्टिक क्षेप्यास्त्र र उडानकै क्रममा दिशा परिवर्तन गर्न सक्ने उन्नत हतियार रहेको बताइएको छ। यस्ता हतियारले साउदी अरबले प्रयोग गर्दै आएको प्याट्रियटलगायत हवाई रक्षा प्रणालीलाई चुनौती दिन सक्छन्।

अनुसन्धानले एक हजार किलोमिटरभन्दा बढी दूरी पार गरेर रियाद पुगेका क्षेप्यास्त्र र ड्रोनलाई साउदी हवाई रक्षा प्रणालीले समयमै पहिचान गरी पूर्वचेतावनी दिन नसक्नुको कारण पनि पत्ता लगाउने अधिकारीहरूले बताएका छन्।

गत सातादेखि साउदी अरबका विभिन्न विमानस्थललाई लक्षित गरी भइरहेका आक्रमणमध्ये पछिल्लो घटनाले देशको हवाई सुरक्षा व्यवस्थामा रहेका सम्भावित कमजोरी उजागर गरेको छ। यसले अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध सुरु गरेपछि विस्तार हुँदै गएको मध्यपूर्वको द्वन्द्व थप गम्भीर बन्न सक्ने सङ्केत गरेको छ।

यसैबीच, साउदी नेतृत्वको गठबन्धनले सोमबार रियादतर्फ प्रहार गरिएका ब्यालिस्टिक क्षेप्यास्त्रका दुई समूहलाई अवरोध गरी नष्ट गरेको जनाएको छ। सोमबार राति राजधानीमा कम्तीमा तीनवटा विस्फोटको आवाज सुनिएको थियो। त्यसपछि नागरिक सुरक्षा अधिकारीहरूले तत्कालका लागि खतरा टरेको बताएका थिए।

हुथी विद्रोहीले सोमबार किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई निशाना बनाएको दाबी गरेका छन्। उनीहरूले मक्का र मदिनाबाहेक साउदी अरबका अन्य सबै विमानस्थल असुरक्षित रहेको भन्दै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई ती विमानस्थलमा उडान नगर्न चेतावनीसमेत दिएका छन्।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  १२ : ३४ बजे

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन

खुँडा प्रहारबाट ७५ वर्षीया एक जनाको मृत्यु

मुगु– मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर

१५ वर्षपछि फर्किँदै ‘द डर्टी पिक्चर’, यसपटक कसको जीवनमा बन्नेछ कथा ?

बलिउडमा चर्चित फिल्म ‘द डर्टी पिक्चर’को दोस्रो भाग बन्ने भएको

आर्थिक सम्बन्ध विस्तारमा जोड दिने प्रस्तावित राजदूत जोशीको प्रतिबद्धता

काठमाडौं– जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले कूटनीतिक माध्यमबाट