देशको नाम शुद्ध नबोलेकी जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीले संसदीय सुनुवाइमा के भनिन् ? « Khabarhub

देशको नाम शुद्ध नबोलेकी जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीले संसदीय सुनुवाइमा के भनिन् ?


२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले मंगलबार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गरेकी छन् ।

महत्त्वपूर्ण कार्ययोजना र लामो तयारीका साथ संसदीय सुनुवाइ समितिमा प्रस्तुत भएकी जोशीले पटक-पटक आफू प्रस्तावित देशको नाम शुद्ध उच्चारण गर्न सकिनन् ।

उनी जर्मनीका लागि प्रस्तावित राजदूत हुन् । तर उनले लगातार आफू प्रस्तावित देशको नाम ‘जर्मन’ उच्चारण गरिन् ।

विद्यालय शिक्षादेखि नै पढ्नुपर्छ ‘जर्मनी’ देश हो ‘जर्मन’ त्यहाँका नागरिक हुन् । तर, प्रस्तावित राजदूतले देशको नाम नै लगातार ‘जर्मन’ भनिन् ।

जोशीले संसदीय सुनुवाइ समितिमा कार्ययोजनाको सुरुवात गर्दा भनिन्, ‘जर्मन भौगोलिक रुपमा यसरी यस्तो ठाउँमा अवस्थित छ कि यसका वरिपरि मार्केट छ । अन्य देश हुनुहुन्छ । यो दृष्टिकोणले जर्मन विश्वको तेस्रो अर्थतन्त्र र युरोपियनको एउटा प्रभावशाली शक्तिको रुपमा स्थापित भएको छ । तर नेपाल र जर्मनको व्यापारको हेर्दा धेरै ठुलो सहभागिता छैन । तीन वर्षको यहाँ पेश गरेकी छु । चार अर्ब चानचुनको निर्यात छ भने ६/७ अर्बको आयात छ ।’’

देशको नाम शुद्ध भन्न नसके पनि जोशीले कूटनीतिक माध्यमबाट दुइदेशबीचको आर्थिक सम्बन्ध विस्तार गर्न आफूले प्रयास गर्ने दाबी गरेकी छन् ।

प्रस्तावित राजदूत जोशीले भौगोलिक अवस्थितिका कारण जर्मनी विश्वको तेस्रो अर्थतन्त्र र युरोपेली युनियनको एक प्रभावशाली शक्ति भए पनि नेपाल र जर्मनीबीचको व्यापार ठूलो परिमाणमा नरहेको उल्लेख गर्दै कूटनीतिक माध्यमबाट दुइदेशबीचको आर्थिक सम्बन्ध विस्तार गर्न आफूले प्रयास गर्ने बताएकी हुन् ।

जर्मनीमा निर्यात बढाउनका लागि नयाँ माध्यम खोल्नु पर्ने र यसमा सुरुदेखि नै ध्यान दिने योजना रहेको उनको दाबी छ ।

उनले पर्यटन क्षेत्रलाई बढावा दिन र विविधीकरण गर्न वेलनेस पर्यटन, ग्रिन पर्यटन र साहसिक पर्यटन जस्ता विषयमा ध्यान दिनुपर्ने धारणा राखिन् । यसका लागि जर्मनीको टुर अपरेटर र नेपालको पर्यटन बोर्डबीच सहकार्य गरेर रणनीति बनाउनुपर्नेमा उनले जोड छ ।

जोशीले जर्मनीका सञ्चारकर्मी, इन्फ्लुएन्सर, ब्लगर तथा सगरमाथा चढेका व्यक्तिलाई बोलाएर डिजिटल प्रचारप्रसार गरेर पर्यटक नेपाल ल्याउन सकिने योजनासमेत सुनाएकी छन् ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  ३ : २३ बजे

आयुषचन्द्र रेग्मीले ल्याए र्‍याप गीत ‘तान्त्रिक’

काठमाडौँ – मनोवैज्ञानिक परामर्शदाता आयुषचन्द्र रेग्मीको र्‍याप गीत ‘तान्त्रिक’ सार्वजनिक

पनामामा भूकम्पपछि आपतकाल घोषणा 

एजेन्सी- शक्तिशाली भूकम्पबाट घर, विद्यालय, अस्पताल, सडक तथा सार्वजनिक भवनमा

आईपीयूमा नेपालको जलवायु विपद्सम्बन्धी प्रस्ताव दुईतिहाइ मतले पारित

काठमाडौं– प्रतिनिधसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ

दिवंगत विजय पौडेलको निवासमा पुगे अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  दिवंगत भएका डा.

गाजामा पाँच प्यालेस्टिनी लडाकु मारिएको इजरायलको दाबी

काठमाडौँ – इजरायली रक्षा बल (आईडीएफ) ले दक्षिणी गाजामा पछिल्लो दुई