आईपीयूमा नेपालको जलवायु विपद्सम्बन्धी प्रस्ताव दुईतिहाइ मतले पारित « Khabarhub

आईपीयूमा नेपालको जलवायु विपद्सम्बन्धी प्रस्ताव दुईतिहाइ मतले पारित


२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी भई स्वदेश फर्किएका छन् । 

तान्जानियामा भएको आइपीयुको बैठकमा सहभागी भइ सभामुख अर्याल नेतृत्वको प्रतिनिधिमण्डल  मंगलबार दिउँसो स्वदेश फर्किएको हो ।

आईपीयूको बैठकमा नेपालको तर्फबाट प्रस्तुत गरिएको जलवायुसम्बन्धी विपद्को सम्बोधन र हिमाल तथा अन्य संवेदनशील क्षेत्रमा उत्थानशीलता सुदृढ गर्ने सम्बन्धी इमर्जेन्सी प्रस्ताव दुईतिहाइ मतसहित पारित भइ छलफल समेत भएको भ्रमणमा सहभागी संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए । 

नेपालको संसदीय इतिहासमा पहिलो पटक इमर्जेन्सी प्रस्ताव दुईतिहाइ मतले पारित भई छलफल भएको ऐतिहासिक सफलता भएको उनले बताए ।

त्यस्तै भ्रमणका क्रममा युवा सांसदहरूको मञ्चमा युवा नेतृत्व, संसदीय सहभागिता तथा दिगो विकासका विषयमा विभिन्न देशका युवा सांसदहरूसँग विचार आदानप्रदान भएको महासचिव पाण्डेयले जानकारी दिए । 

भ्रमणका क्रममा अष्ट्रेलिया, बेलायत, चीन, भुटान र संयुक्त अरब इमिरेट्स लगायतका देशका संसदीय प्रतिनिधिमण्डलहरूसँग द्विपक्षीय भेटवार्ता तथा साइडलाइन छलफल भएको उनले बताए ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  ४ : १९ बजे

दोधारा-चाँदनी झोलुङ्गे पुल पुननिर्माणमा २० करोड लाग्ने अनुमान

महेन्द्रनगर– कञ्चनपुरको ऐतिहासिक दोधारा चाँदनी झोलुङ्गे पुल पुनःनिर्माणका लागि २०

मस्कको राजनीतिक खर्चप्रति स्यान्डर्सको आलोचना

वासिङ्टन- अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले अर्बपति उद्यमी एलन मस्कले रिपब्लिकन पार्टीलाई

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, दर्शकको मन जित्न तम्तयार दयाहाङ-विजय

काठमाडौं– नेपाली फिल्मको लोकप्रिय शृङ्खला ‘कबड्डी’ फेरि दर्शकमाझ आउने तयारीमा

इरानलाई रुस र चीनको सहयोगबारे ट्रम्पको अविश्वास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनले इरानलाई सहयोग

भारतको उत्तराखण्डमा गुट्खा र पान मसला बेच्न एक वर्षको प्रतिबन्ध

काठमाडौं- नेपालसँग सीमा जोडिएको भारतको उत्तराखण्ड राज्यले जनस्वास्थ्यलाई मध्यनजर गर्दै