खगेन्द्रबारे कवीन्द्रले भने- दोषी देखिए कारबाही हुन्छ, आयोगले छानबिन सुरु गरिसक्यो « Khabarhub

खगेन्द्रबारे कवीन्द्रले भने- दोषी देखिए कारबाही हुन्छ, आयोगले छानबिन सुरु गरिसक्यो


२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले अडियो प्रकरणमा दोषी देखिए सांसद खगेन्द्र सुनारमाथि कारबाही हुने स्पष्ट पारेका छन् । 

मंगलबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै बुर्लाकोटीले सुनारको अडियो प्रकरणबारे पार्टीको केन्द्रीय अनुशासन आयोगले छानबिन सुरु गरिसकेको जानकारी दिँदै दोषी देखिए कारबाही हुने स्पष्ट पारेका हुन् । 

उनले छानबिन प्रक्रिया टुङ्गोमा नपुग्दासम्म सुनारलाई पदीय हैसियतमा कुनै पनि औपचारिक कार्यक्रमहरूमा सहभागी नहुन निर्देशन दिइएको बताए ।

केही प्रमाणहरूसहित बाहिर देखिएकाले अडियो सही वा नक्कली  के हो भन्नेबारे विस्तृत छानबिन गर्न आयोगलाई जिम्मा दिइएको उनले बताए ।

उनले अडियो प्रकरणमा राज्यका कानुनहरू आकर्षित भए राज्यका सरकारी निकायहरूले गर्ने अनुसन्धानमा पार्टीको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए ।

उनले अनुशासन आयोगले दोषी नदेखेमा वा गल्ती नभएको पाइएमा केही नहुने तर गल्ती देखिएमा पार्टी नियमानुसार कारबाही हुने उल्लेख गरे ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  ४ : ५० बजे

यात्रुलाई अस्वस्थ खाना खुवाए राजमार्गका होटल र चालकमाथि कारवाही हुने

काठमाडौं– सार्वजनिक यात्रुवाहक सवारी साधनमा यात्रा गर्ने यात्रीहरूलाई बाटोमा अस्वस्थ,

पत्रकार थामीको परिवारलाई आर्थिक सहयोग

काठमाडौँ– भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको परिवारलाई

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी

सचिन तिमल्सेना कांग्रेस केन्द्रीय सदस्य निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय सदस्यमा सचिन तिमल्सेना निर्वाचित भएका

दोधारा-चाँदनी झोलुङ्गे पुल पुननिर्माणमा २० करोड लाग्ने अनुमान

महेन्द्रनगर– कञ्चनपुरको ऐतिहासिक दोधारा चाँदनी झोलुङ्गे पुल पुनःनिर्माणका लागि २०