इरानलाई रुस र चीनको सहयोगबारे ट्रम्पको अविश्वास « Khabarhub

इरानलाई रुस र चीनको सहयोगबारे ट्रम्पको अविश्वास


२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनले इरानलाई सहयोग गरिरहेको भन्ने दाबीप्रति अविश्वास व्यक्त गर्दै त्यसो गरेमा दुवै देशले धेरै गुमाउनुपर्ने बताएका छन् । उनले सहयोग भइरहेको भए पनि सीमित स्तरमा हुन सक्ने उल्लेख गरेका छन् ।

ट्रम्पले सोमबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘चीन र रुसले इरानलाई सहयोग गरिरहेका छन् भन्ने कट्टरपन्थी वामपन्थीका टिप्पणी देखिरहेको छु । उनीहरूले सहयोग गरिरहेका छन् भने पनि निकै कम स्तरमा छ । तर, उनीहरूले सहयोग गरिरहेका छन् भन्ने मलाई विश्वास छैन ।’

गत साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको करिब डेढ घण्टा लामो टेलिफोन वार्तामा आर्थिक सहयोग, ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय विषयमा छलफल भएको थियो । त्यसपछि ट्रम्पले रुसले अमेरिकी तथा विश्व बजारमा तत्काल तीन लाख टनभन्दा बढी डिजेल इन्धन आपूर्ति गर्ने र आगामी महिनाहरूमा थप आपूर्ति गर्ने सहमति भएको दाबी गरेका थिए। उनले यसबाट डिजेलको मूल्य घट्ने बताएका छन्।

यसैगरी, गत सेप्टेम्बरमा चिनियाँ राष्ट्रपति सी जिनपिङको तीनदिने वासिङ्टन भ्रमणका क्रममा दुई नेताबीच भेटवार्ता भएको थियो । छ महिनाभन्दा कम अवधिमा भएको दोस्रो भेटपछि अमेरिका र चीनले दुवै दिशामा ३० अर्ब अमेरिकी डलर बराबरका गैरसंवेदनशील वस्तुको व्यापारमा अनुकूल भन्सार महसुल व्यवस्था गर्ने तथा उदीयमान प्रविधिमा संवाद अघि बढाउने सहमति गरेका थिए ।

ह्वाइट हाउसको तथ्यपत्रअनुसार दुवै देशले सन् २०२६ को मेमा बेइजिङमा स्थापित व्यापार तथा लगानीसम्बन्धी बोर्ड सञ्चालनमा ल्याएका छन् । चीनले सन् २०२७ र २०२८ मा कम्तीमा एक करोड मेट्रिक टन अमेरिकी कोइला आयात गर्न पनि सहमति जनाएको छ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  ५ : ०८ बजे

नयाँ संसद्सँगै नेतान्याहुलाई राजनीतिक चुनौती थपिँदै

एजेन्सी– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई नयाँ संसद् गठनसँगै राजनीतिक दबाब

मधेशमा छठ पर्वको तयारी तीव्र

जनकपुरधाम– दीपावली सकिएसँगै मधेश प्रदेशका जिल्लामा छठ पर्वको तयारी तीव्र

तापक्रम वृद्धिको जोखिम बढ्दै, कोप–३१ मा जलवायु संकटबारे बहस

काठमाडौँ– विश्वव्यापी तापक्रम वृद्धिले पृथ्वीको प्राकृतिक सन्तुलनदेखि मानव अस्तित्वसम्ममा चुनौती

टाइमको जलवायु प्रभावशाली सूचीमा परेकन वाग्लेलाई रास्वपाको बधाई

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अमेरिकी पत्रिका ‘टाइम’को सन्

‘सभापति गगन थापाविरुद्ध राज्य नै भ्रम फैलाउँदै छ, निष्पक्ष छानबिन गरौँ’

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य इन्जिनियर दीपकबाबु कँडेलले पार्टी सभापति