नेपाल–दक्षिण अफ्रिका व्यापार तथा लगानी विस्तारबारे छलफल « Khabarhub

नेपाल–दक्षिण अफ्रिका व्यापार तथा लगानी विस्तारबारे छलफल


२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि गणतन्त्र दक्षिण अफ्रिकाका गैरआवासीय उच्चायुक्त प्रा. अनिल सुकलालबीच द्विपक्षीय व्यापार तथा लगानी विस्तारका विषयमा छलफल भएको छ ।

मन्त्री साहसँगको शिष्टाचार भेटमा उच्चायुक्त सुकलालले नवनियुक्त मन्त्रीलाई बधाई दिँदै हालैको बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको थियो ।

भेटमा नेपाल र दक्षिण अफ्रिकाबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध स्मरण गर्दै द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको थियो । छलफलमा व्यापार तथा लगानी विस्तार, जलवायु परिवर्तनका चुनौतीको सामना र बहुपक्षीय मञ्चमा सहकार्य अभिवृद्धि गर्ने विषयलाई प्राथमिकता दिइएको थियो ।

दक्षिण अफ्रिकी बजारमा नेपाली उत्पादनको प्रवर्द्धन तथा नेपालका जलविद्युत्, पर्यटन र पूर्वाधार क्षेत्रमा दक्षिण अफ्रिकी लगानीका सम्भावना खोजी गर्ने विषयमा पनि छलफल भएको छ ।

दुवै देशका व्यवसायीबीच व्यावसायिक सम्बन्ध विस्तार, व्यापार तथा लगानी प्रवर्द्धन र आर्थिक साझेदारी सुदृढ गर्न संयुक्त व्यावसायिक मञ्च गठन गर्ने सम्भावनाबारे समेत विचारविमर्श भएको थियो ।

भेटवार्ताले नेपाल र दक्षिण अफ्रिकाबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउँदै पारस्परिक हितका क्षेत्रमा सहकार्य अघि बढाउने प्रतिबद्धता पुनः पुष्टि गरेको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  ६ : ३२ बजे

बालअधिकारका सवालमा बालबालिकासँग मन्त्री बादीको प्रत्यक्ष संवाद, नीतिगत सुझाव सङ्कलन

काठमाडौँ – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक

बाढी प्रभावित ऋणीलाई राहत: सावाँ-ब्याज किस्ता भुक्तानीको म्याद पुस मसान्तसम्म थप

काठमाडौँ – भोटेकोशी र बुढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित

दसैँ मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो, दुई दिनमै एक लाखबढीले छाडे काठमाडौं

काठमाडौं– बडादशैंको आगमनसँगै राजधानी काठमाडौं छाडेर गाउँ फर्किनेको चहलपहल बढेको

अटो र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु

भैरहवा- रुपन्देहीको रोहिणी गाउँपालिका–३ टुलटेलसस्थित भैरहवा–परासी हुलाकी सडकखण्डमा अटो र मोटरसाइकल