दसैँ मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो, दुई दिनमै एक लाखबढीले छाडे काठमाडौं « Khabarhub

दसैँ मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो, दुई दिनमै एक लाखबढीले छाडे काठमाडौं


२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बडादशैंको आगमनसँगै राजधानी काठमाडौं छाडेर गाउँ फर्किनेको चहलपहल बढेको छ। दसैँ मनाउन आफ्नो घर जाने यात्रु बढेसँगै कलंकीलगायत उपत्यकाका विभिन्न नाकामा यात्रु तथा सार्वजनिक सवारीसाधनको चाप देखिन थालेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २५ र २६ गते दुई दिनमा मात्रै एक लाख नौ हजार ६३६ जना यात्रुले उपत्यका छाडेका छन्। बाहिरिनेमा ६७ हजार ६९० पुरुष र ४१ हजार ९४६ महिला रहेका छन् ।

प्रहरीको तथ्यांकअनुसार असोज २५ गते ५२ हजार ८२७ जना र २६ गते ५६ हजार ८०९ जना यात्रु उपत्यकाबाट बाहिरिएका थिए। असोज २७ गतेको तथ्यांक भने सार्वजनिक भइसकेको छैन। 

दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू गाउँ फर्किन थालेपछि कलंकी क्षेत्रमा पनि घर जाने यात्रुको चहलपहल बढेको छ। यात्रुहरू परिवार तथा आफन्तसँग चाडपर्व मनाउन आवश्यक सामानसहित गन्तव्यतर्फ लागिरहेका छन्।

उपत्यकाबाट बाहिरिने यात्रुको चाप नागढुंगा–थानकोट, साँगा र दक्षिणकालीलगायतका नाकामा बढेको छ। पछिल्लो तथ्यांकअनुसार सबैभन्दा बढी नागढुंगा नाकाबाट २७ हजार ६४९ र भक्तपुर नाकाबाट २० हजार ६१५ जना यात्रु बाहिरिएका छन्। 

यात्रुको चाप बढेसँगै ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरी टिकटमा हुने कालोबजारी, ठगी तथा यात्रुका गुनासो सम्बोधन गरिरहेको जनाएको छ। प्रहरीले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र यात्रा गर्नुअघि सवारीसाधनको अवस्था बुझ्न आग्रह गरेको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  ६ : ५८ बजे

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले