बाढी प्रभावित ऋणीलाई राहत: सावाँ-ब्याज किस्ता भुक्तानीको म्याद पुस मसान्तसम्म थप « Khabarhub

बाढी प्रभावित ऋणीलाई राहत: सावाँ-ब्याज किस्ता भुक्तानीको म्याद पुस मसान्तसम्म थप


२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भोटेकोशी र बुढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित भएका उद्यम, व्यवसाय तथा ऋणीहरूका लागि सावाँ-ब्याजको किस्ता बुझाउने समयावधि आगामी पुस मसान्तसम्म थप भएको छ।

नेपाल राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूका लागि यस्तो व्यवस्था गरेको हो।

केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका अनुसार बाढीग्रस्त क्षेत्रका प्रत्यक्ष प्रभावित उद्यम, आयोजना, र रसुवा भन्सार नाका भई कच्चा पदार्थ, अर्ध-तयारी वा तयारी मालवस्तु आयात-निर्यात गर्ने व्यवसायीहरूले यो सुविधा पाउनेछन्।

असार/साउनमा आएको बाढीले पारेको असरबारे विस्तृत विश्लेषण र अध्ययन भइरहेकाले २०८३ असोज मसान्तभित्र तिर्नुपर्ने किस्ता (सावाँ तथा ब्याज) भुक्तानीमा कठिनाइ परेका ऋणीहरूलाई २०८३ पुस मसान्तसम्मको थप समय दिने निर्णय गरिएको राष्ट्र बैंकले जनाएको छ।

यसका लागि बैंक तथा वित्तीय संस्थाहरूले ऋणीको बिक्री तथा आम्दानी, नगद प्रवाह, जगेडा रकम, आयात-निर्यातमा परेको असर र कर्जा सदुपयोगिताको यथार्थपरक विश्लेषण गर्नुपर्नेछ।

राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी यो परिपत्र जारी गरिएको कार्यकारी निर्देशक रामु पौडेलले जनाएका छन्।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  ७ : ०१ बजे

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले