आज पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना « Khabarhub

आज पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना


२७ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली हुने भएको छ । तराईका अधिकांश स्थानमा भने मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल तराईका साथै काठमाडौँ उपत्यका र विभिन्न खोँचमा हुस्सु तथा कुहिरो लागेको छ । देशका बाँकी भूभागमा भने मुख्यतया मौसम सफा रहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति पनि हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । हिमाली क्षेत्रका साथै कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

तराई क्षेत्रमा भने आज राति पनि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार  ६ : १० बजे

टर्कीमा नेपाली दूतावास वा कन्सुलर सेवा विस्तार गर्ने सरकारको तयारी

टर्किए– परराष्ट्रमन्त्री शिशिर खनालले टर्कीमा रहेका नेपाली नागरिकका कन्सुलर सेवा तथा

आज पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज पहाडी तथा हिमाली

झोलुङ्गे पुल निर्माणपछिस्थानीयलाई आवतजावतमा सहज

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकालाई जोड्ने १६४ मिटर

आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय

महोत्तरी– दीपावली पर्व सकिएसँगै कात्तिक शुक्ल चतुर्थी अर्थात् आजदेखि सुरु

आज २०८३ साल कात्तिक २७ गते शुक्रबार राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक २७ गते शुक्रबार सन् २०२६