आर्थिक गणनामा छ प्रदेशको लगत प्रशोधन सम्पन्न « Khabarhub

आर्थिक गणनामा छ प्रदेशको लगत प्रशोधन सम्पन्न


२७ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक गणनाअन्तर्गत छ वटा प्रदेशका व्यावसायिक प्रतिष्ठानको लगत प्रशोधन कार्य सम्पन्न गरेको छ ।

कार्यालयले कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका व्यावसायिक प्रतिष्ठानको तथ्यांक प्रशोधन पूरा गरेको हो । बाँकी बागमती प्रदेशका प्रतिष्ठानको तथ्यांक प्रशोधन कार्य भइरहेको गणना शाखाका निर्देशक डा. वेदप्रसाद ढकालले जानकारी दिए ।

उनका अनुसार प्रशोधन गरिएका करिब ११ लाख व्यावसायिक प्रतिष्ठानका विवरणमा रहेका त्रुटि, दोहोरिएका विवरण तथा अंकगत असङ्गति सच्याएर तथ्यांकको गुणस्तर सुनिश्चित गर्ने काम भइरहेको छ ।

आर्थिक गणनामा कूल १३ लाख ६६ हजार व्यावसायिक प्रतिष्ठान समेटिएका थिए । गत वैशाख २ देखि असार ७ गतेसम्म सञ्चालन गरिएको गणनामा संकलित विवरणलाई सही, विश्वसनीय र उपयोगी बनाउन लगत प्रशोधनका विभिन्न चरण पूरा गरिँदै छ ।

प्रतिष्ठानको प्रकृतिअनुसार औद्योगिक, व्यापारिक तथा सेवामूलक क्षेत्रका रूपमा वर्गीकरण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार कोडिङ गरिने निर्देशक ढकालले बताए ।

कागजी तथा डिजिटल फाराममा संकलित विवरण केन्द्रीकृत सफ्टवेयर वा डेटाबेसमा प्रविष्ट गर्ने काम अन्तिम चरणमा पुगेको छ । हालसम्म करिब सात लाख व्यावसायिक प्रतिष्ठानको विवरण प्रविष्ट गरिएको उनले जानकारी दिए ।

गणनामा व्यावसायिक कृषि, खानी, उत्पादन तथा उद्योग, व्यापार, निजी व्यवसाय, बैंक तथा सहकारीलगायत वित्तीय संस्थासम्बन्धी प्रतिष्ठानको विवरण समेटिएको छ ।

तथ्यांक प्रविष्टि तथा प्रशोधनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गरिएको कार्यालयले जनाएको छ । आर्थिक गणनाको प्रतिवेदन तयार भएपछि देशको आर्थिक विकासमा हुने लगानीले सिर्जना गर्ने रोजगारी, वस्तु उत्पादन तथा समग्र अर्थतन्त्रमा पार्ने प्रभावको विश्लेषण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
 

प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार  ६ : ३६ बजे

बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पार्क निर्माण हुँदै

दमौली– तनहुँको बन्दीपुर गाउँपालिका–१ तल्लोटारमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको

कतार र इस्टोनियासँग सूचना प्रविधिमा सहकार्य विस्तार गर्ने नेपालको प्रस्ताव

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कतार र इस्टोनियाका समकक्षीसँग

आर्थिक गणनामा छ प्रदेशको लगत प्रशोधन सम्पन्न

काठमाडौँ– राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक गणनाअन्तर्गत छ वटा प्रदेशका व्यावसायिक

मरिक समुदायका अगुवा भन्छन् : पुर्ख्यौली सीपले गुजारा चल्दैन’

महोत्तरी– बाँसका चोया र कप्टेरा बनाउन व्यस्त महोत्तरीको औरही–१ दलित

टर्कीमा नेपाली दूतावास वा कन्सुलर सेवा विस्तार गर्ने सरकारको तयारी

टर्किए– परराष्ट्रमन्त्री शिशिर खनालले टर्कीमा रहेका नेपाली नागरिकका कन्सुलर सेवा तथा